सप्तरीमा अधिकांश पशु औषधी पसल दर्ता विनानै संचालनमा



शिवहरीप्रसाद भट्टराई, राजविराज ।
सप्तरीमा अधिकांश पशु औषधी पसल दर्ता विनानै संचालनमा छन् । जिल्लामा सञ्चालित करिव १ सय मध्ये ७० ओटा पशु औषधी पसल दर्ता विना नै अनाधिकृत रुपमा सञ्चालनमा छन् ।
पशु सेवा ऐन÷नियम र पशु स्वास्थ्य कार्यक्रम कार्यविधि लागु हुनुपुर्व नै सञ्चालनमा आएका पषलहरु कानुनी झण्झट र नियम÷कानुन नबुझेका कारण दर्ता विना नै सञ्चालनमा रहेको केहि संचालकहरु वताउँछन् ।
पशु सेवा ऐन २०५५ र पशु सेवा नियमावली २०५६ पछि सञ्चालनमा आएका भेटनरी पसलहरु भने दर्ता गरेर सञ्चालन भईरहेको नेपाल पशु पंक्षि औषधी ब्ववसायी संघ, प्रदेश २ का अध्यक्ष रामकृष्ण दास वताउँछन् ।

पशु औषधी पसल सञ्चालनका लागि औषधी व्यवथापन विभागको फर्मासिस्टको व्यवस्था वा सो सरहको ३५ दिने तालिमको लिएको हुनुपर्ने नियम वनाएको छ । सोहि नियमका कारण पुराना पसल सञ्चालक अप्ठ्यारोमा परेको दासले वताए ।
लामो समयदेखि सञ्चालनमा रहेका त्यस्ता औषधी पसल दर्ता गरी नियमन गर्न सरकारले नै निश्चित अवधि तोकेर आवेदन लिनु पर्ने दास वताउँछन् ।

प्रतिक्रिया दिनुहोस्