चक्लेटका पिता मिल्टन हर्सी



काठमाडौं, (नेस)
२०आँै शताब्दीको शुरूवाततिर विश्वव्यापी रुपमा नै तीव्र औद्योगिकरणको युग शुरू भइसकेको थियो। स्टिल, तेल, रेलमार्ग, रियलस्टेट तथा अन्य मेसिनरी औजारमा उद्योगी व्यवसायीले आफ्नो साम्राज्य बढाउँदै लगेका थिए। सोही समयमा मिल्टन हर्सीले व्यवसायका लागि फरक बाटो रोजे।

मिल्टनले आफ्नै नामबाट चकलेट र क्यान्डी उत्पादन गर्ने कम्पनी ‘हर्सिज’ खोले। मिल्टन सनेब्री हर्सीको जन्म सन् १८९४ मा अमेरिकाका पसेल्विनियामा भएकोमा भएको थियो। उनले आफ्नै खेतमा दुनियाँको सबैभन्दा ठूलो चकलेट कारखाना स्थापना गरेका थिए। उत्तरी अमेरिकाबाट उत्पादन शुरू गरेको उक्त कम्पनी हाल अमेरिकाको सबैभन्दा ठूलो चकलेट र क्यान्डी उत्पादन गर्ने कम्पनीका रुपमा चिनिन्छ। अहिले हर्सी यो धर्तीमा नभएको दशकौं बितिसके पनि उनको हर्सिज चकलेट सबै माझ अत्यन्त लोकप्रिय छ।

हर्सिज चकलेजका बारेमा सबैलाई थाहा छ। तर, जब मिल्टन हर्सीले आफ्नो क्यान्डी उत्पादन कम्पनी खोलेका थिए, तब उनी कोही पनि थिएनन्। आफूले गरिरहेको कामबाट निकालिएपछि हर्सीले तीनवटा कम्पनीले खोले जो चकलेजसँग सम्बन्धित थिए। उनले खोलेका कम्पनीमा राखिएका चक्लेट उत्पादन गर्ने मेसिन पनि मर्सीले नै बनाएका थिए। जसकारण हाल विश्वले उनलाई चकलेटका पिता भनेर पनि चिन्दछ। उनले ती सबै कम्पनी घाटामा गएको, डुबेको र बन्द भएको देखे।

फोब्र्सका अनुसार हाल उक्त कम्पनी समग्रमा ९ सय ९५औँ स्थानमा छ। बिक्रीका आधारमा उक्त कम्पनी १ हजार २ सयऔं स्थानमा, नाफाका आधारमा ८ सय ५औं स्थानमा, ‘मार्केट भ्यालु’का आधारमा ७ सय ४९औं स्थानमा, ‘इन्नोभेटिभ कम्पनी’का आधारमा ८३औं स्थानमा, विश्वको सबैभन्दा ‘भ्यालुयबल ब्रान्ड’का आधारमा ९४औं स्थानमा र उत्कृष्ट कर्मचारीका आधारमा २ सय ६७औं स्थानमा छ।

अन्तिमपटकको प्रयासमा उनले ल्याक्यास्टर क्यारामेल कम्पनी खोले र त्यसपछि उनले राम्रो नतिजा देख्न थाले। सबैका लागि दूधको मिठाईको सपना देखेका मिल्टन हर्सीले हर्सिज् कम्पनी खोले र चकलेट उद्योगमा नै स्थापित नाम बनाउन सफल भए। हर्सी ३ वटा आधुनिक चक्लेट कारखानाका मालिक भए। तर, तीनवटैमा असफलता भोगे। जब उनले आफ्नो असफलताको कारण खोज्दै गए, त्यसपछि उनले कहिल्यै नसोचेको वास्तविकता फेला पारे। हर्सिज् कम्पनीले बजार लिन नसक्नु र घाटामा जानुको मुख्य कारण थियो ‘आफ्नै कर्मचारीबाट असहयोग।’

‘तपाई कामदारसँग एक सबल सम्बन्ध बनाउनुहोस्। जुन तपाईंको कम्पनीका लागि दुनियाँको सबैभन्दा उत्तम विज्ञापन गर्ने तरिका हो।’ यो भनाइ तिनै मर्सीको हो जसले आफ्नो कम्पनीलाई सफल बनाउन २०औं शताब्दीतिर नै कामदारको हकहितका विषयलाई उच्च प्राथमिकता दिए। गरिब र ग्रामीण क्षेत्रका मानिसलाई निकै कम पारिश्रमिकमा चर्को श्रम शोषण गर्ने अन्य कम्पनीको तुलनामा ‘हर्सिज’ फरक भएर निस्कियो। जसका कारण अन्ततः हर्सिज् पनि एक अन्तर्राष्ट्रिय स्तरमा बजार भएको कम्पनीका रुपमा स्थापित भयो।

चर्चित अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सका अनुसार हाल उक्त कम्पनी समग्रमा ९ सय ९५औँ स्थानमा छ। बिक्रीका आधारमा उक्त कम्पनी १ हजार २ सयऔं स्थानमा, नाफाका आधारमा ८ सय ५औं स्थानमा, ‘मार्केट भ्यालु’का आधारमा ७ सय ४९औं स्थानमा, ‘इन्नोभेटिभ कम्पनी’का आधारमा ८३औं स्थानमा, विश्वको सबैभन्दा ‘भ्यालुयबल ब्रान्ड’का आधारमा ९४औं स्थानमा र उत्कृष्ट कर्मचारीका आधारमा २ सय ६७औं स्थानमा छ। हाल उक्त कम्पनीका उत्पादनहरूमा हर्सिज् चक्लेट बार, हर्सिज् एक्स्ट्रा डार्क, अल्मोन्ड जोय, किट्क्याट, हन्ड्रेड क्यालोरी बार, हर्सिज् पट अफ गोल्ड, क्याडबुरी चक्लेटलगायत उत्पादन विश्वभरी प्रसिद्ध छन्।

हाल उक्त कम्पनीको अध्यक्षका रुपमा जोन बिलबे्रले काम गरिरहेका छन्। फोब्र्सले यसवर्ष सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा जोन २ सय ४६औं स्थानमा छन्।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्