७२६ अर्ब राजस्व संकलन



नेपाल समाचारपत्र
काठमाडौं
आर्थिक वर्ष २०७४÷७५ मा सरकारको राजस्व १९.२ प्रतिशतले वृद्धि भई ७२६ अर्ब ८ करोड पुगेको छ।

उक्त राजस्व बजेट लक्ष्य ७३० अर्ब ६ करोडको ९९.५ प्रतिशत हुन आउँछ। अघिल्लो वर्ष सरकारको राजस्व २६.४ प्रतिशतले वृद्धि भई ६०९ अर्ब १२ करोड पुगेको थियो। समीक्षा वर्षमा राजस्व÷कुल गार्हस्थ्य उत्पादन अनुपात २४.१ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षमा यस्तो अनुपात २३ प्रतिशत रहेको थियो। राजस्वका शीर्षकहरूमध्ये मूल्य अभिवृद्धि कर राजस्व समीक्षा वर्षमा २९ प्रतिशतले वृद्धि भई २०६ अर्ब ७९ करोड परिचालन भएको छ।

अघिल्लो वर्ष सो राजस्व ३१ प्रतिशतले वृद्धि भई १६० अर्ब ३२ करोड पुगेको थियो। समीक्षा वर्षमा आयकर राजस्व ७.९ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ९० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो राजस्व २६.३ प्रतिशतले वृद्धि भई १४८ अर्ब २४ करोड पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्