दुवाललगायतका स्रष्टाहरू सम्मानित हुने



काठमाडौं। पन्त स्मृति प्रतिष्ठानको चौधौं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका स्रष्टा÷द्रष्टाहरूलाई २०७४ सालको सम्मान÷पुरस्कार प्रदान गरिने भएको छ। ‘जनमत मासिक’ प्रकाशनका लागि प्रधानसम्पादक मोहन दुवाललाई ‘बन्धु पन्त स्मृति सम्मान पुरस्कार’ ले रु. ५०,०००।– नगदसहित काठमाडौंमा सम्मानित गरिनेछ। हास्यव्यङ्ग्य लेखनविधामा लेखक नरेन्द्रराज पौडेललाई रु. ५०,०००।– नगदसहित ‘गोपालराज पन्त स्मृति सम्मान’ले पुरस्कृत गरिनेछ। यसै गरी समालोचक डा. शैलेन्दुप्रकाश नेपाललाई रु. १०,०००।– नगदसहित ‘टीका–मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार’ले सम्मानित गरिनेछ।

२०७५ असोज ५ गते काठमाडौंमा हुने उक्त साहित्यिक समारोहमा नृत्यकला, चित्रकला, उपन्यास, संस्कृति क्षेत्रमा र शारीरिक अशक्ततामा दिइने सम्मान÷पुरस्कारहरू क्रमशः लक्ष्मी महरा, सुरेश बस्नेत, कल्पना श्रेष्ठ, मीन श्रीस मगर र मातृका देवकोटालाई नगदसहित सम्मानित गरिने कार्यक्रम रहेको पन्त स्मृति प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्