विश्व बैङ्कको नेपाल सरकारलाई एक अर्ब ६४ करोड ऋण सहयोग



काठमाडौँ ।
एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार परियोजना कार्यान्वयन गर्न विश्व बैङ्कले नेपाल सरकारलाई एक अर्ब ६४ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा उक्त बैङ्कका देशीय व्यवस्थापक फारिस हादाद जार्भोस र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा देशीय व्यवस्थापक जार्भोसले नेपाल सरकारको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी सुझबुझपूर्ण निर्णयको प्रशंसा गर्नुभयो ।

सहसचिव नेपालले नेपालको सामाजिक, आर्थिक विकासमा विश्व बैङ्कबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्