दशनामी सभाको प्रदेश भेला, संघीयतामा जादै दशनामी समाज



भक्तपुर ।
नेपालको संविधान अनुसार देश संघीय संरचनामा गएपछि नेपाल दशनामी समाज केन्द्रीय कमिटीले देशभरका आफ्ना संरचनालाई संघीय संरचनामा लैजाने भएको छ । हालसम्म केन्द्रीय, अञ्चल र जिल्ला कमिटीको संरचना अनुसार रहेको नेपाल दशनामी समाज अब प्रदेश कमिटी गठन गर्दै संघीय संरचनामा जाने भएको हो ।
समाजले यही ११ गते सोमबार काठमाण्डौंमा ३ नं. प्रदेश भेला, युवा भेला र महिला भेलाको आयोजना गरिएको समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले जानकारी दिनुभयो । ३ नं. प्रदेशको दशनामीहरुको भेलाले नेपाल दशनामी ३ नं. प्रदेश कमिटी, युवा कमिटी र महिला कमिटी गठन गर्ने बताउँदै सात वटै प्रदेशमा भेला गरि यस प्रकारको कमिटी गठन गर्ने उहाँले जानकारी दिनुभयो ।
भेलामा ३ नं. प्रदेशका ४०० दशनामीहरुको सहभागिता रहने जानकारी दिदै उहाँले कार्यक्रममा एक अपाङ्ग दशनामीलाई उच्च शिक्षा अध्ययनका लागि रु. २५ हजार नगद सहित सम्मान गरिने बताउनुभयो । दशनामी समाजमा गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्