युएईको दुबईमा छैटौँ मध्यपूर्व बैठक सुरु



काठमाडौं,नेस
‘सुरक्षित र मर्या्िदत वैदेशिक रोजगार हाम्रो सरोकार ‘ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नारासहित युएईको दुबईमा छैटौँ मध्यपूर्व बैठक सुरु भएको छ ।

बैठकमा वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउने संयोजक आर के शर्माले बताउनुभयो ।

कार्यक्रमको अनौपचारिक छलफल आजबाट सुरु भएपनि मुख्य कार्यक्रमको औपचारिक सत्र भने भोलि हुनेछ ।

विदेशबाट पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गराउने वातावरण निर्माण, विदेशबाट फर्केकाको पुर्नस्थापना, सुरक्षित मर्या्दित वैदेशिक रोजगारको कसरी गर्ने भन्ने विषय बैठकमा छलफल गरिने संयोजक शर्माको भनाई छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको जनचेतना वृद्धिका निम्ति गर्नुपर्ने कार्यहरु, विदेशमा सिकेका ज्ञान तथा सीप नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

यस्तै वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमुलुक तालिम तथा फर्केर आएका युवा युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन, समाजमा पुनरस्थापना र समायोजन, स्वास्थ सुरक्षा सम्बन्धी र आफुलाई अफ्ठ्यारो पर्दा कुन निकायमा कसरी सम्पर्क गर्ने भन्ने कुराको चेतना, घरेलु कामदारको समस्या, सामाजिक सुरक्षा कोष, हजारे अभियान, वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण फ्रि–टिकट तथा भिषाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा समेत बैठकमा छलफल हुने शर्माले बताउनुभयो ।

बैठकको औपचारिक उद्घाटन शनिवार खानेपानीमन्त्री बिना मगरले गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्