प्रकाण्डाको म्याद तीन दिन थपियो



नेपाल समाचारपत्र, नुवाकोट ।
नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार जिल्ला अदालत नुवाकोटमा उपस्थित गरी ३ दिन हिरासतमा राख्ने म्याद थप गरिएको छ ।

गत साउनमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा आगो लगाएको आरोपमा उनलाई नुवाकोट प्रहरीले विहिबार राती नुवाकोट ल्याएको थियो ।

गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा स्काभेटर जलेर पूर्ण क्षति भएको थियो । सो मुद्धामा नुवाकोट प्रहरीले पिडितले दिएको जाहेरीको आधारमा तथा कल डिटेल हेर्दा उनको संलग्नता रहेको भन्दै पक्राउ गरेको बताइर्एको छ ।

प्रकाण्डले भने राजनीतिक प्रतिसोध लिन आफुलाई आगो लगाएको आरोप लागेको बताए ।

संचारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै प्रकाण्डले राजनितिक आस्थाको कारण मलाई यो केशमा फसाईदै छ यसमा मेरो बिलकुल संलग्नता छैन ।

प्रतिक्रिया दिनुहोस्