खोलाको पिउने पानी धमीलो हुन थालेपछि स्थानीय चिन्तित



SAMSUNG CAMERA PICTURES

सरिता चलाउने, सल्यान ।

लामो समय देखि भेरि नदीको पानी पिउदै आएका सल्यान वनगाड कुपिण्डे नगरपालिका १ नाम्रा गाउमा बसोबास गर्ने स्थानीयहरु वर्षातले धमिलो भएपछि चिन्तित हुन थालेका छन् । नजिकै पानीको स्रोत नभएपछि देवस्थल ,घाटगाऊ ,वरेली ,पुलवजार , नाम्राका स्थानीय वासीहरु भेरी नदिको पानी खान वाध्य भएका छन् ।

वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका यहाँका २ सय ५० घर धुरीका १ हजार २ सयको संख्यामा रहेका स्थानीय भेरी नदिको पानी खाना वाध्य भएको स्थानीय गोपीलाल आर्चायले वताऊनु भयो ।

उहाले भन्नुभयो“गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने? नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

पञ्चायतकालमा गाऊ सम्मका लागि खानेपानी योजना सञ्चालनमा आए पनि मुहानमा पानी सुक्नुका साथै पाईप विग्रीएर गाऊमा पानी आऊन वन्द भए स्थानीयहरु भेरी नदिको पानी खाना वाध्य भएको घाट गाऊकी वीरवल पोख्रेलल वताऊनु भयो । उहाले भन्नु भयो– खानेपानी धारामा आऊन छोडे देखी भेरी नदिवाट पानी ल्याएर प्रयोग गर्ने गरेका छौ । नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको छौ ।

खानेपानीको अभावमा नजिकै रहेको भेरी नदिवाट पानी ल्याऊने गरेको स्थानीयको भनाई छ । भेरीको दुषित पानी खानाले विभिन्न रोगको सिकार भएका छौ । फोहर पानी पिउदा रुघाखोकी,झाडापखाला र शरिर चिलाउने लगाएतका रोगले समेत सताउने गरेको स्थानीयको भनाई छ ।

हिऊदयाम र गर्मीयामा पानी सफा जस्तो देखिए पनि वर्षाको समयमा माटो,हिलाम्मे तथा धमिलो पानी पिउने खानु पर्दा चिन्ता लाग्ने गरेको स्थानीय इन्द्र वुढाथोकीले जानकारी दिनु भयो ।

भेरी नदिसंगै जोडिएका नाम्रा र घाटगाऊका वालवालिका पानी लिन नजिकै रहेको भेरी नदिमा जादा वग्ने समेत गरेका छ । वर्षेनी एक दुई जनाको ज्यान भेरी नदिले ज्यान लिने गरेको विरमी विकले जानकारी दिनु भयो । उहाले भन्नु भयो– खाने पानी लिन जाँदा गाउँ देखि भेरी तल परेकोले बाटो अफ्ठेरोका साथै जोखिम मोलेर हिड्नु पर्ने वाध्यता छ ।

नाम्राका लागि ५ किलोमिटर वामे ६ पोखरा र घाटगाऊका लागि ३ कीमिको दुरीमा रहेको माल्पेमा पानीको मुहान रहेको छ ।

यसअघि घाँजरीपिपल सुनौली वजारमा रहेको मुहानवाट पानी सल्लीवजार, देवस्थल सम्म ल्याईएको छ नाम्राका स्थानीय गोपिलाल शर्माको भनाई छ । उहाले भन्नु भयो लिफ्टवाट भेरीको पानि तानेर पनि शुद्धिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्