हार्वेमाथि आरोप लगाउने नायिकाविरुद्व नै उत्पीडनको आरोप



हलिउड फिल्म निर्माता हार्वे विनस्टिनमाथि यौन उत्पीडनको आरोप लगाउने नायिका एसियन अर्जेन्तोमाथि यौन उत्पीडनको आरोप लागेको छ।

उनीमाथि अभिनेता तथा संगीतकार जिमी बेनेटले यौन उत्पीडनको आरोप लगाएका हुन्। एजेन्सीको समाचारलाई मान्ने हो भने जिमी बेनेटले आफू १७ वर्षको हुँदा एसियाले उनलाई यौन उत्पीडन गरेका थिए। जुन कुरालाई दबाउनका लागि आफूलाई ३ लाख ८० हजार डलर रुपियाँ दिएको र विछ्यौनामा खिचेको दुवैको सेल्फी पनि उनले राखेको बताएका छन्। स्मरण रहोस् केही समययता एसियादेखि एन्जेलिना जोलीसम्मका नाम चलेका नायिकाहरूले विनस्टिनमाथि यौन उत्पीडनको आरोप लगाएका थिए।

त्यसपछि सञ्चालन भएको मि टु क्याम्पेनमार्फत अन्य महिलाले पनि आफ्ना कुरा सामाजिक सञ्जालमा राखेका थिए। यो अभियानले दुनियाँभर तहल्का मच्चाएको थियो। जसपश्चात हार्वेमाथि ९० भन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए। हलिउडमा ८१ वटा ओस्कार एकेडेमी अवार्ड जितेका हार्वे मुद्दा लड्नका लागि आफ्नो सम्पत्ति बेच्न मजबुर भएका थिए।

प्रतिक्रिया दिनुहोस्