एनआईसी एसिया बैंककोे १८आंैं शाखारहित बैंकिङ सेवा सञ्चालनमा



काठमाडौं (नेस)
एनआईसी एसिया बैंकले रुपन्देहीको शुद्धोधन गाउँपालिका, भुजौलीमा आफ्नो १८औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले शुद्धोधन गाउँपालिकाको भुजौलीमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गर्नुभयो भने उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गंगा ढकाललाई नियुक्त गरिएको छ ।

उक्त सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दँरीसम्म हिड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडीएसएल, डिस होमलगायतको महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्