अमेरिका: गल्तीको परिणाम



वासिंगटन,(एजेन्सी)
अमेरिकाको मिन्नियापोलिस – सेन्ट पाउल विमानस्थलमा अवतरण गरिएको रिपब्लिक एयरलायन्सको यात्रुवाहक विमानमा प्रहरीले हस्तक्षेप गरेको छ । युनाइटेड एयरलायन्सको उडानमा रहेको उक्त विमानमा बन्दुक बोकेका एकजना संघिय एयर मार्शललाई फ्लाइट एटेन्डेन्टले सामान्य व्यक्ति ठानेपछि सुरक्षाकर्मिले उनलाई हतकडी लगाएर नियनत्रणमा लिएको प्रहरीले जनाएको छ ।

न्युजर्सीको नेवार्क देखि मिन्नयापोलिस – सेन्ट पाउल अन्तर्राष्ट्रिय विमानस्थल तर्फ उडिरहेको विमानमा ति व्यक्तिले हतियार प्रदर्शन गरेका थिए । विमान अवतरण भए लगत्तै उनी लगायत अर्काे एक व्यत्तिलाई पनि हिरासतमा लिएका एफबिआइका अधिकारीहरुले दोश्रो व्यक्ति पनि एयर मार्शल नै रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्