ट्राफिकलाई सुझाव



राजधानीमा गुड्ने ट्याक्सी चालकले स्कूल र कलेजका विद्यार्थीले झैं अनिवार्य रुपमा डे«स लगाउनुपर्ने भएको छ । चालकलाई ज्याकेट अनिवार्य गरिएको छ । ट्राफिक प्रहरी महाशाखा र नेपाल मिटर ट्क्यासी व्यवसायी संघको सहकार्यमा ज्याकेट लगाउने व्यवस्था गरिएको हो ।

एक महिनाभित्रमा सबै ट्याक्सी चालकलाई ज्याकेट अनिवार्य गरिने र अन्य सार्वजनिक सवारीका चालक र सह–चालकलाई पनि छिटै त्यस्तो व्यवस्था तोकिने ट्राफिक प्रहरीले जनाएको छ । ज्याकेट र डे«स कोर्डले पक्कै पनि चालक चिन्न सजिलो हुनेमा दुईमत छैन । उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधान गर्न चालकलाई डे«स अनिवार्य ग¥या हो कि के हो, धरहराले बुझ्न सक्या छैन ।

भएका सडक लेनलाई व्यवस्थित गर्ने, जेब्राक्रस र अन्य सडक संकेत प्रष्ट अनि व्यवहारिक बनाउन सडकका विभिन्न भेगमा बुख्याच्या राख्ने तयारी त भएको छैन ? त्यसो गरियो भने ट्राफिक व्यवस्थापन खट्दा सडकको धुँवा, धुलो र हिलोले बुख्याच्या झैं देखिने ट्राफिक प्रहरीलाई केही हदसम्म न्याय हुन्थ्यो कि ? अनि विश्वकै नमूना अभ्यास नेपालमा हुन्थ्यो, त्यसो भयो भने नेपालको अभ्यास अन्य मुलुकले पनि सिक्ने थिए कि ?

प्रतिक्रिया दिनुहोस्