पुल नहुँदा विद्यार्थीलाई सास्ती



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पर्ने जहारीखोलामा पुल नहँुदा सबै भन्दा बढी बिदार्थीले जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । अत्यधिक मात्रामा बाढी आएको बेला विद्यार्थीहरुको पठानपाठन प्रभावित हुने गरेको छ ।

नगरपालिकाको वडा नं २ विजयश्वरी वडा नं ७ र ८ को अंगेरी जोडने झुलंगेपुल नहुदा वर्षायामको समयमा विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने गरेको छ । अध्ययनको लागी कोटजहारी देखि चौरजहारी सम्म जाने कक्षा ५ देखि स्नातकतह सम्म अध्ययनरत करिव १ सय ५० जना विद्यार्थीहरुको वर्षेनी पठनपाठन प्रभावित हुदै आईरहेको छ ।
साविकको कोटजहारी गाविसमा पर्ने उक्त वडा वाट पायक पर्ने स्थान तथा उच्च शिक्षा हांसिलको लागी चौरजहारीमा अवस्थित शीतल माध्यामिक विद्यालय र शीतल क्याम्पसमा विद्यार्थीहरु अध्ययन गर्दै आईहेका छन ।
नगरपालिका अन्तरगत वडा न. ७ को कुमाईगाउँ ,काप्रा,वडा न. ८ को सोतिखोला ,वसिगाउँ बडाखोला,सोतिगेष्मा र वडा नं ९ को गुर्तालगाउँ कोटगाउँका विद्यार्थीहरु नियमित पठनपाठन वाट वन्चित समेत हुने गरेका छन । आफुहरु जोखिम मोलेर वारपार गरिरहेको कक्षा १० मा अध्ययनरत छात्रा सपना स्वर्णकारले बताउनुभयो ।

करिव २ देखि ३ घण्टाको पैदल दुरीमा अवस्थित विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले जोखिम मोलेर शिक्षा हाँसिल गर्न वाध्य छन । जहारीखोलामा वाढी आउदा खोला तर्न नसकेर आफुहरुको कक्षा समेत छुटने गरेको विद्यार्थी विवश वुढाले बताउनुभयो । कतिपय अवस्थामा खोला तर्ने क्रममा विद्यार्थीहरुका शैक्षिक सामाग्री समेत खोलाले वगाउने गरेको छ ।

चौरजहारीमा खुल्ला विद्यालय प्राविधिक धार अन्र्तगत सिभिल ईन्जिनियर, पलस टु र वि.एड तह सम्मको शिक्षा हाँसिल गर्नको लागी विद्यार्थीहरु जाने गरेका छन । विजयश्वरी र अंगेरी जोडने पुलको लागी विभिन्न समयमा ५ पटक सम्म सर्भे हँुदा समेत हाल सम्म निर्माणको काम अगाडी वढन सकेको छैन । खोलामा पुल नहुदा स्थानिय वासीहरु समेत मारमा परेका छन ।
जहारीखोलामा जिल्लाको व्यापारीक थलोको रुपमा चिनिने चौरजहारीमा मालसामान किनमेल वैकिंक कारोवार तथा नगरपालिकामा सेवा लिनको लागी आउने सेवा ग्राही समेत खोलाको मारमा परेका हुन । खोलामा पुल नहुदा आसपासका किसानहरु समेत जोखि मोलेर खोला तर्न वाध्य छन ।

खेतमा गोडमेल तथा मलजल गर्ने समयमा खोलामा वाढी आउँदा कृषकहरु जोखिम मोलेर खोला तर्नुपर्ने विगत देखिको वाध्यता कायमै रहेको छ ।

एक दशक देखि साविकको कोटजहारी वाट चौरजहारी सम्म शिक्षा हाँसिल गर्न जाने धेरै पुर्व विद्यार्थीहरुले यो समस्या नभोगेका भने होईनन । उनीहरुले वर्षायाम सुरु भएलगत्तै वाढीका कारण पठनपाठनमा वाधा वेहोर्दै आएको पुर्व विद्यार्थी एवं हाल शीतल माध्यामिक विद्यालयको माध्यामिक तहमा अध्यापनरत शिक्षक पबन कुमार शाहीले बताउनुभयो ।

जाडोयामको समयमा कठयांग्रीने चिसोपानीमा खोला पार गर्नुपर्ने अवस्था वेहार्दै आए । दिवा कक्षा सुरुहुने समयमा होस वा विहानी कक्षा सुरु हुने टाईम किन नहोस जहारीखोलामा पुल नहुदा विद्यार्थीहरुलाई अध्ययनको लागी यो खोला मुख्य समस्याको विषय वन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्