एक साता पनि नवित्दै बन्द भयो कलंकीको अण्डरपास



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालनमा आएको एक साता पनि नवित्दै बन्द भएको छ । निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै

चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।
बुधवार बिहानदेखि अण्डरपास बन्द भएको ट्राफिक प्रहरी कार्यालय, कलंकीले जानकारी दिएको छ ।

आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ ।

प्रतिक्रिया दिनुहोस्