सडक विभागको जग्गामा बनेको संरचना हटाइने



विजय नेपाली, पोखरा ।

सडक डिभिजन कार्यालय पोखराको नाममा रहेको जग्गा अतिक्रमण गरि बनाइएका घर तथा संरचना हटाइने भएको छ । पोखरा महानगरपालिका ३० गगनगौडामा  सडकको जग्गामा बनेका सम्पुर्ण संरचना हटाउनको लागि सडक विभागले  आवश्यक काम अघि बढाएको हो ।४२ रोपनी जग्गा रहेको कार्यालय अहिले १८ रोपनी मात्र बाकी देखिएको छ ।

उक्त १८ रोपनी जग्गा पनि  अहिले  प्रदेश ट्राफिक कार्यालयले प्रयोग गर्दै आएको छ  । त्यही जग्गामा  कार्यालय स्थापना गर्दा सडक विभागलाई जानकारी नगराइ  विना स्वीकृत राखिएको पाइएको छ । उक्त जग्गामा साविक लेखनाथ नगरपालिका वडा न. १२ को   वडा कार्यालय रहेको थियो ।  सडक विभागको जग्गामा स्थापित ट्राफिक कार्यालय हटाउन माग गर्दै  स्थानियहरुले विरोध गरे पछि  सडक विभागले आफ्नो जग्गाको सबै संरचना हटाउन लागेको हो ।

ट्राफिक कार्यालय स्थापना भएसङ्गै  स्थानियको चर्को विरोध आएपछि  सडक विभागले जग्गाको खोजी गर्दा ४२ रोपनी जग्गा  मध्य १८ रोपनी जग्गा मात्र भेटिएको सडक डिभिजन कार्यालय पोखराका सुचना अधिकृत इन्जिनियर अनन्त बरालले बताए ।

२०७३ सालमा नापी कार्यालयबाट इन्जिनियर लिएर गइ जग्गाको अध्ययन गर्दा  ५७ वटा  संरचना विभागको जग्गामा निर्माण भएको देखिएको बरालले जानकारी दिए । जस सनुसार पृथ्वी राजमार्ग सङै जोडिएको उक्त जग्गामा एक विधालय, मन्दिर, बास्केटबल कोर्ट, प्रतीक्षालय, प्रहरी चौकी र निजि घरहरु समेत सडक विभागको जग्गामा बन्नुका साथी भित्रि बाटो समेत विभागकै जग्गामा बनेको  देखिन्छ  ।

यी सबै संरचना सडक विभागको अनुमतिबिना बनेको सडक विभागका कर्मचारीहरुले जानकारी दिए ।  अहिले राखिएको ट्राफिक कार्यालयले पनि महानगर र वडाको स्वीकृतिमा मात्र बनेको र त्यसको जानकारी सडक कार्यालयलाई नरहेको र सडक विभाग बाहेक अन्य कुनै पनि संस्था वा कार्यालयले उक्त जग्गा भोग गर्न नपाउने मन्त्री परिषद्को केन्द्रीय बैठकबाटनै निर्णय भएर आएको सुचना अधिकृत बरालले जानकारी दिए  ।

पञ्चायतकालमा गाउँपञ्चायतले  कागजको भरमा सडकको जग्गामा निजि घर बनाउने अनुमती दिएको सडक विभागका इन्जिनियर रमेश पौडेलले बताए । “अहिले पनि  उनिहरु त्यही कागजको भरमा बसेका छ्न ।”सडक विभागको जग्गामा बनेका संरचनालाइ हटाउनको लागि क्षतिपूर्ति स्वरुप करिव ८० लाख रुपैयाँको  प्रतिबेदन सहित केन्द्रमा पठाएको पौडेलले बताए ।

” करिब ८० लाख क्षतिपूर्ति लाग्ने देखिएको छ, हामी सङ सडकको जग्गामा कस्ले घर निर्माण गरेको हो उहाँहरु सबैको फोटो सहितको नाम  छ, हामी क्षतिपूर्ति दिनेछौ ।” पौडेलले भने , केन्द्रले छिट्टै सिफारिस गरेमा सबै संरचना हटाउने काम अघि बढने उनले बताए ।

ट्राफिक कार्यलय राख्दा समस्या हुने भाडा व्यापार गर्दै आइरहेको एक महिलाले बताइन नाम नभन्ने सर्तम उनले ट्राफिक कार्यालय राख्दा स्थानिय महिलाहरुमा नकरात्मक असर पर्ने बताइन । महिलाको अनुसार अरु सरकारी कार्यालय आफुहरुलाइ मान्य भएको तर ट्राफिक कार्यालय भने मान्य नभएको बताइन ।

साउन १ गते देखि राखिएको ट्राफिक कार्यालयलाई २०७५ साल जेठ २० गतेको  मन्त्री परिषदको निर्णयले पारित गरेको थियो ।
एसपी वीरेन्द्रकुमार बस्यालको नेतृत्वमा अहिले कार्यालय संचालन भइ साविक १२ नम्बर वडा कार्यालयको भवननै कार्यालयको  प्रयोगमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्