ज्योति विकास बैंक र देवः विकास बैंकबीच सम्झौता



काठमाडौं, (नेस)
ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकले हालै सञ्चालनमा ल्याएको ज्योति रेमिट सेवा देवः विकास बैंकका सबै शाखाबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैंकको ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्षभित्र थप ३० शाखा सञ्चालनमा आउँदैछन् ।

सम्झौतापश्चात देवः विकास बैंकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्