पनेर्नी खोलामा बस पल्टिदा एकको मृत्यु



दाङ ।
तुलसीपुर उपमहानगरपालिका–१४ को खौसापुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१७ नम्बरको बस आज पनेर्नी खोलामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा भारत शिवहरिका ३० वर्षीय हरिकिशोर गुप्ता रहेका छन् । गुप्ताको बसको ‘ब्रेक फेल’ भएर पल्टिदा घटनास्थलमा मै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्