स्वास्थ्य संस्थामा सुधार गरिनेः राज्यमन्त्री यादव



महोत्तरी ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले स्वास्थ्य संस्थामा सुधार गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

आज महोत्तरी रामगोपालपुरमा आयोजित समारोहमा उहाँले दुई हजार ३०० अस्पताल बनाउनका लागि सरकारले चालु आर्थिक वर्षमा रु ७५ करोड रकम विनियोजन गरेको जानकारी दिनुभयो ।

राज्यमन्त्री यादवले हरेक वडामा स्वास्थ्य केन्द्र र स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाइने प्रक्रिया शुरु भइसकेको बताउँदै स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि सरकारले रु चार अर्ब छुट्याएको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्