स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या



विनोद सिंह विष्ट, बैतडी ।
दार्चुला मार्मामा एक स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । हत्या हुने मार्मा गाउँपालिका वडा नं १ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ बर्षीय अंगबीरसिंह ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत वोहराले बताए । प्रहरीलाई जानकारी आएअनुसार आज बिहान घरमै ठगुन्नाको हत्या भएको बुझिएको छ उनले भने “जिल्लावाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ”
हत्या गरिएका ठगुन्नाको साथमा रहेको १० लाख रुपैया समेत हत्याराले लुटेर लगेको स्थानिय दिनेश सिंहले जानकारी दिए । ठगुन्ना एक्लै घरमा सुतीरहेका बेला हत्या भएको हो उनले भने“ठगुन्नाको टाउको कोदालाले हिर्काएको छ ”
ठगुन्नाका श्रीमती छोराहरु तराईतिर बस्ने र ठगुन्ना एक्लै घरमा बस्ने गरेका थिए । तराई पठाउनका जमा गरेको १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
ठगुन्नाको हत्या कसले गरेको भन्ने अझै खुल्न सकेको छैन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । दार्चुला सदरमुकामवाट घटनास्थल १ दिनमा पुगिन्छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्