लैनचौर–रत्नपार्क सडकखण्ड जाम हुदा यात्रु मर्काका



काठमाडौँ ।
काठमाडौँमा एकाएक झण्डै तीन घण्टा जाम भएको छ । जसका कारण यात्रुहरु अलपत्र परेका छन् । काठमाडाैँ लैनचौरमा सडक मर्मतका कारण सवारी साधानहरु निकै जाममा परेका थिए जसले गर्दा आवजजावजमा निकै कठिनाई भएको छ । सवारी जामका कारण यात्रुहरु पैदल यात्रा गर्न बाध्य भएका छन् ।
अहिले पनि लैैनचौर रत्नपार्क सडक खण्डमा जाम भएको हाम्रा नेपाल समाचारपत्रकर्मी प्रशान्त वलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्