कुटोले हिर्काएर एक जनाको हत्या



दार्चुला ।
दार्चुलाको मार्मा गाउँपालिका वडा नं १ गुुल्जरमा एक जनाको हत्या भएको छ । गुल्जर १ घोल्जरका अन्दाजी ४६ वर्षिय अंगवीर सिंह ठगुन्ना को हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत ठगुन्नाको गयराती उनको घरमै हत्या गरिएको प्रहरीको अनुमान छ । घरमा एक्लै सुतिरहेका बेला उनको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

टाउको तथा शरिरमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो । घटना स्थलमा कुटो वरामद गरिएकाले हत्यामा कुटो प्रयोग भएको प्रहरी नायव निरीक्षक भरत बहादुुर विष्टले जानकारी दिए । मृतक ठगुन्ना संग घर निर्माण गर्नका लागी नगद रु १० लाख रहेको परिवारजनले बताएका छन । पैसाकै लागी उनको हत्या गरिएको प्रहरीको अनुमान छ । स्थानीयले मंगलबार विहान प्रहरीलाई खबर गरे पछि इलाका प्रहरी कार्यालय लटीनाथ, इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय बाट प्रहरी टोली खटिएको हो । घटनाको थप अध्ययन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्