पोखरामा ससेज उत्पादनमा फोहोर मासुको प्रयोग



विजय नेपाली, पोखरा ।

पोखरामा उत्पादन हुँदै आइरहेको ससेजमा फोहोर मासुको प्रयोग हुँदै आएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय कास्किको नेतृत्वमा मंगलवार पोखराका दुई मिट सपमा अनुगमन गर्दा ससेजमा प्रयोग हुने मासु निकै फोहोर भएको पाइएको हो ।
पोखरा महानगरपालिका १७ विरैटामा रहेको पोखरा कोल्ड स्टोरमा अनुगमन गर्ने क्रममा ससेज बनाउन फोहर मासु प्रयोग गरिएको भेटिएको हो । फिस्टेलमा बफ मिट ५ केजीको १४ प्याकेट, ससेज चिकेन ३२ प्याकेट, प्राउन १९ प्याकेट, बफ किमा ११ प्याकेट, चिकेन ट्रीमिङ्ग १५ प्याकेट र चिकेन किमा २९ प्याकेट फोहोर मासु भेटिएको छ । अनुगमन पछि एक हप्ता भित्र पूरा स्टोर सफा गरि २४ घण्टा भित्र स्टोर संचालनको दर्ता सहितको सम्पुर्ण कागजात जिल्ला प्रशासन कार्यालयमा ल्याउन निर्देशन दिइएको छ ।

उक्त स्टोरमा अनुगमन गर्ने क्रममा ससेज बनाउन प्रयोग गरिने मासु फोहोर तथा उत्पादन भएको ससेजमा ट्याग नभेटिएको उपभोग्य मिति नराखिएको र स्टोरमा मासु राख्ने ठाउँको फलाममा पुर्ण रुपमा खिया लागेको भिटिएपछि उक्त निर्देशन दिइएको हो । त्यस्तै फेवा मिट प्रोडक्ट प्रा।लिमा समेत उपभोग्य मिति सकिएको मासु तथा प्रोडक्ट भेटिएको छ ।

अनुगमनको क्रममा भेटिएको मासु अखाद्य रहेको र पुर्ण रुपपा बिग्रेको सहयाक प्रमुख जिल्ला अधिकारी गांगा बहादुर क्षेत्रीले जानकारी दिए । उनले कोल्ड सिस्टोरमा राखेको मासुमा नै बिग्राको रहेको बताए । ू ससेज बनाउन प्रयोग गरिने मासु निकै अनुत्पादित रहेछ, पैसा कमाउने नाउँमा जनताको स्वास्थ प्रती नसोची व्यवसाय गर्न मिल्दैन, यो सरासर गलत हो ।ू क्षेत्रीले भने अनुगमनको क्रममा उपभोग्य मिति सकिएको , लेबल विवरण पूरा नभएको र निकै फोहोर रहेको उनको भनाइ थियो । जिल्ला अनुसंधान कार्यालयका उपनिर्देशक भुमीराज पाठकले ससेज बनाउनको लागि प्रयोग गरेको मासु कुहीएको बताए ।

कोल्ड स्टोरमा राखिने मासु अखाद्य हुदा जनताको स्वाथ्यमा ठूलो असर पर्ने उनले बताए । मासु ज्यादामात्रामा अखाद्य तथा बिग्रेको भेटिएको पाठकले जानकारी दिए । मंगलबार पोखरा फिस्टेल कोल्ड स्टोरबाट लागभग ५ सय किलो अशुद्ध मासु नष्ट गरिएको र फेवा मिट प्रोडक्टबाट १ सय किलो चिकेन मिट तथा प्रोडक्ट नष्ट गरिएको जानकारी उनले दिए । मासु तथा खाध्यन राख्ने स्टोरमा फलामा भाडाहरु राखिएको तार खिया लाग्ने ठाउँमा यसरी खाध्यन राख्न नहुने पाठको भनाई छ । फिस्टेल कोल्ड स्टोरले विक्री गदै आएको खाध्यन्नमा व्याच नम्बर समेत भेटिएको छैन ।

भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र प्रमुख पुरुषोत्तम त्रिपाठीले प्रयोगै गर्न नमिल्ने कालो मासुलाई पनि ससेज बनाउनको लागि प्रयोग गरिएको बताए । उनले उक्त मासु खानको लागि योग्य नभएको तर पोखरा फिस्टेलले प्रयोगमा ल्याएको बताए ।
उक्त कोल्ड स्टोरमा भैसी, कुखुरा र बंगुर लगायतका जनावरको मासु एकै ठाएउँमा राखिएको पाईएको हो । सबै जनावरको मासुलाई एकै ठाउँमा राख्दा कुनैपनि जनावरको शुद्ध मासु नभेटिने पुरुषेतम त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्