प्रदेश १ मा बकर ईदको अवसरमा बुधबार सार्वजनिक विदा



सरोज यादव, विराटनगर ।
इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदको अवसरमा प्रदेश एक सरकारले १ नम्बर प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको छ । बकर ईदको अवसरमा प्रदेश सरकारले बुधबार ६ गते विदाको घोषणा गरेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश भरी सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेश सरकारले यस अघि पनि अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा प्रदेशभरी सार्वजनिक विदाको घोषणा गरेको थियो । तर संघीय सरकारले विदा नदिएको र आफूहरु संघीय सरकारको मातहतमा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र मातहतका कार्यालयहरुले विदाको पालना गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्