थवाङको विद्यालयलाई अमेरिकी नागरिकको सहयोग



महेश न्यौपाने, रोल्पा ।
२०३९ सालमा रोल्पाको थवाङवाट विद्यावारिधिका लागि सोधपत्र तयार गरेकी एक अमेरिकी नागरिकले हरेक वर्ष त्यहाँको एक विद्यालयलाई आर्थिक सहयोग गरिरहेकी छिन । अमेरिकी नागरिक डा.अगस्त मोनलारले थवाङमा रहेको वीरवलभद्र माध्यमिक विद्यालयलाई हरेक वर्ष आर्थिक सहयोग गर्दै आएकी छिन ।
सोधपत्र तयार गर्दाको वसाईमा थवाङवासीवाट प्रभावित भएकी डा. मोनलारले थवाङ संगको संवन्ध जीवन्त राख्न विद्यालयलाई सहयोग गरेको वताइएको छ । स्थानीयसंगको निकटता तथा त्यहाँको गरिवीलाई देखेर हरेक वर्ष आर्थिक सहयोग हस्तान्तरण गरिरहेको एक स्थानीयले वताए । अगस्त मोनलारले विद्यावारिधि गरेको लामो समय पछि थवाङलाई संझिएर आर्थिक सहयोग समेत गरिरहेकोमा आफुहरु खुसी भएको उनीहरुको भनाई छ । वार्षिक करिव ७ देखी ८ लाख सहयोग गर्ने गर्छिन वीरवलभद्र माविका प्राधानाध्यापक कुलवहादुर वलीले भने । २०६४ सालदेखी नियमित रुपमा सहयोग आईरहेको छ वलीले भने । विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती उपलव्ध गराउनुका साथै शैक्षिक सुधारका अन्य काममा सो रकम खर्च हुने गरेको छ प्रधानाध्यापक वलीले भने ।
वीर वलभद्र मावि वाहेक जिल्लाका अन्य विद्यालयमा अध्ययरत विद्यार्थीलाई समेत डा अगस्त मोनलारले सहयोग गरिरहेकी वताइएको छ । थवाङको विद्यालय तथा त्यहाँ अध्ययनरत विद्यार्थीका लागि सिधै वीरवलभद्र माविसंग संझौता गरिएको छ भने जिल्लाका अन्य विद्यार्थीको छात्रवृत्तीका लागि भने टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठान मार्फत छात्रवृत्ती हस्तान्तरण हुदै आएको वताइएको छ । हरेक वर्ष जिल्लाका १०० भन्दा वढी गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृद्धी प्रदान गरिहेको स्थानीय साझेदार संस्था विकास सरोकार समाज रोल्पाले जानकारी दिएको छ ।
छात्रवृत्तीका लागी हरेक वर्ष साढे ५ लाख वढी रकम वितरण हुने गरेको छ विकास सरोकार समाज रोल्पाका अध्यक्ष कर्ण वाँठाले भने । जिल्लाको आधारभूत, मावि र उच्च शिक्षा गरि तीन तहमा छात्रवृत्ती वितरण भैरहेको छ वाँठाले भने । गरिवीको चपेटामा परेका जिल्लावासीको शैक्षिक सुधारमा छात्रवृत्तीले निकै सहयोग गरेको अध्यक्ष वाँठाको भनाई छ । उच्च शिक्षामा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरि छात्रवृत्ती वितरण गरिरहेका छौ अध्यक्ष वाँठाले भने ।

प्रतिक्रिया दिनुहोस्