अफगानिस्तानको कूटनीतिक नियोगहरुमा रकेट आक्रमण



एजेन्सी । अफगानिस्तानको राजधानीको  कूटनीतिक क्षेत्रमा रकेट आक्रमण भएको छ ।

इदको अवसरमा काबुलमा राष्ट्रपति असरफ घानीले भाषण गर्दै गर्दा काबुलमा रहेका कूटनीतिक नियोगहरुमा आक्रमण भएको हो ।आक्रमणमा २ जना घाइते भएको जनाइएको छ । आक्रमण तालिबानी समूहले गरेको एपिएफले जनाएको छ ।

दुई तालिबानी कमाण्डरले राष्ट्रपति घानीको तीन महिनाको युद्धबिरामको घोषणा नमान्ने जनाएको अलजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्