प्रमुख निर्वाचत आयुक्त यादवको विभूषण फिर्ता



काठमाडौँ । सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण फिर्ता लिएको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख गरिएको थियो । तर, साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा संशोधन गरिएको आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ । तर, त्यसमा प्रमुख निर्वाचन आयुक्तको नाम छैन ।

प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । घोषणा कार्यक्रममा भने प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो ।

विभुषण पाउनेहरुलाई भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने कार्यक्रम छ । यसका लागि १७ गतेभित्र प्रवेश पत्र लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।

विभूषण किन र के कति कारणले खोसियो आफूलाई थाहा नभएको प्रमुख आयुक्त यादवले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्