विदेशमै बसेर नेपालमा उपचार कसरी ?



समयले दिएको प्रविधिको प्रयोगबाट अब विदेशमा बसेर पनि नेपालमा रहेका बूढा बाबुआमाको उपचार गर्न सकिने भएको छ। हातमा प्रविधि बोकेर समयलाई अत्यन्तै सदुपयोग गर्ने समुदायका लागि घरघरमै डकनकले डाक्टर, औषधी, एम्बुलेन्सजस्ता अपरिहार्य सेवा उपलब्ध गराउने अठोटका साथ हालै एक कार्यक्रमका बीच स्वास्थ्य सेवाका लागि नभई नहुने याप सार्वजनिक गरेको छ। यो याप डक्टर अनडिमाण्ड प्रालिका संस्थापक दीक्षित गौतम र डा. सुशील सिग्देलको समूहले लामो समयको मेहनत र परिश्रमपछि सार्वजनिक गरेका हुन्। यो याप्सका आविष्कारक गौतमको टोली लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्।

छोराछोरी विदेशमा बूढा बाबुआमा नेपालमा हुनेहरूका लागि यो याप्स अत्यन्तै उपयोगी हुने ठम्याइका साथ आफूले तयार पारेको गौतमले बताउनुभयो। उहाँले यो कामका लागि आफ्नै १ सय १ वर्षीया हजुरआमाको स्वास्थ्य परीक्षणले हौसाएको बताउनुभयो। मेरो हजुर आमा प्रतिनिधि पात्र मात्र हो। यस्ता धेरै नेपाली हजुर आमा, हजुर बुबा, आमा, बुबाहरूका लागि डकनक यापले सारथीको काम गर्ने विश्वास लिएको पनि गौतमले बताउनुभयो।

अब तपाईं बिरामी पर्नुभयो या घरमा कोही बिरामी परेमा अस्पताल दौड्ने चिन्ता नगर्नुस् पहिला डकनक याप मोबाइलमा डाउनलोड गरिराख्नुस्। समस्या पर्नासाथ तपाईंलाई डाक्टर, एम्बुलेन्स, औषधी के चाहिएको हो त्यसमा क्लिक गरेर सेवा लिनुस्। यो सेवा आकस्मिक उपचारका लागि भन्दा दीर्घरूपमा स्वास्थ्य सेवा लिनुपर्ने बिरामीका लागि प्रभावकारी हुने याप्स निर्माण टिमको ठम्याइ छ।

डकनक किन ?
आज प्रविधि जीवनको अभिन्न अंग भएको छ। प्रविधिको सहीरूपमा प्रयोगबाट दैनिक जीवनलाई हामी धेरै सहज बनाउन सक्छौं। त्यसमा पनि अति नै संवेदनशील स्वास्थ्यसँग जोडिएका विषयहरू डाक्टर, नर्सजस्ता जनशक्ति खोज्न, औषधी मगाउन, एम्बुलेन्स बोलाउनदेखि प्रयोगशाला जाँचका लागि समेत घरैमा बसीबसी सेवा प्रदायकलाई बोलाउन वा सेवास्थलमा समय लिन सक्नुहुन्छ। शहरी क्षेत्रमा लामो ट्राफिक जामका कारण पनि अस्पतालसम्म पुग्न जटिल हुनसक्छ। यस्तो अवस्थामा समयको बचत र सहज सेवाका लागि डकनक प्रभावकारी हुनेछ। सहज स्वास्थ्य सेवाका लागि सहयोग होस् भन्ने हेतुले तयार पारिएको मोबाइल एप्लिकेसन हो– ‘डकनक’। यो एप्लिकेसन ‘डक्टर अन डिमाण्ड प्रालि’नामक कम्पनीअन्तर्गत छ।

डकनक के हो ?
यो एउटा मोबाइल एप्लिकेसन हो, जसको सहायताले सहजै आवश्यक परेका व्यक्तिले चाहेको स्थानमा डाक्टर झिकाउन वा डाक्टर रहेको ठाउँमै पुगेर सेवा लिनका लागि समयसम्म यकिन (एपोइनमेन्ट)समेत लिन सक्छ। चाहे त्यो स्थान घर होस् वा कार्यालय वा अन्य कुनै आस्मिक परेको ठाउँ। आफै मात्रै होइन, एप्सको सहायताले तपाईं अरू कसैका लागि समेत त्यस्तो सेवा लिइदिन सक्नुहुन्छ। स्वास्थ्यसँग सम्बन्धित सेवा प्रदायक व्यक्ति र संस्था र सेवाग्राही दुवै पक्ष एप्समार्फत जोडिएका हुन्छन्। जसले गर्दा दुवै पक्षले सेवा लिनसक्छन्। हाम्रा सेवाहरू डाक्टर भेट्ने÷बोलाउने कुनै विषयमा स्वास्थ्य परीक्षण वा नियमित जाँचका लागि आफ्नो सबैभन्दा नजिक रहेको डाक्टरलाई बोलाउन सक्नुहुन्छ। यो एप्लिकेसनमा रजिस्ट्रर डक्टर्समध्ये उपलब्धमध्ये सबैभन्दा नजिक भएका डाक्टरको सेवा लिनसक्नुहुन्छ। घरैमा बसीबसी आफूले चाहेको विशेषज्ञसँग भेटका लागि पनि समय बुक गर्न सहजै सक्नुहुन्छ।

नोटः अत्यवश्यकीय अवस्थामा तत्कालै उच्च तहको सेवा चाहिने अवस्थामा भने यो सुविधा प्रयोग नगर्नुहोला।
आकस्मिक सेवा आकस्मिक अवस्थामा तपाईंको नजिकै रहेको एम्बुलेन्स बोलाउनका लागि यो सुविधा प्रयोग गर्नसक्नुहुन्छ। यो एप्लिकेसनमा गएर एम्बुलेन्स अप्सनमा गएर लोकेसन दिनासाथ सिस्टमले नै नजिकको एम्बुलेन्ससम्म यो खबर पु¥याउँछ। औषधी मगाउन यो एप्लिकेसनबाट औषधी मगाउन (अर्डर गर्नसमेत सकिन्छ। डाक्टर्सले लेखेको अक्षर टाइप गरेर वा प्रेस्क्रिप्सनको फोटो खिचेर सिस्टममा अपलोड गरेर पनि चाहिएको औषधी घरैमा मगाउन सक्नुहुन्छ।

प्रयोगशाला परीक्षण (ल्याब टेस्ट)
यही एप्लिकेसनको सहायतामा प्रयोगशाला परीक्षण सेवासमेत लिन सकिन्छ। घरैमा बसिबसी आफूलाई चाहिने जाँच सेवा अर्डर गरे पनि हामी नमुना संकलनका लागि तपाईंको घरमै आउँछौं। नमुना संकलन मात्रै होइन, रिपोर्ट लिनसमेत तपाईं प्रयोगशाला धाउनुपर्दैन। डक्टर र नर्स भेट्ने व्यवस्था आफूले खोजेको डाक्टरका लागि एपबाट नाम पठाएपछि उपलब्ध समयअनुसार निश्चित भएको समयको जानकारी तपाईंलाई गरिन्छ।

सीधा सम्पर्क तथा सहायता एप्लिकेसन प्रयोग गर्दा सबै प्रक्रिया जटिल लाग्छ भने नपाईंले सीधै अपरेटरसँग कुरा गरेर चाहेको सेवाबारे जानकारी वा सेवा लिन सक्नुहुन्छ। जसले सेवा लिन अझै सहज बनाउँछ।

डकनक नै किन ?
धेरै सेवाग्राहीका लागि कम ज्ञान भएको र बढी प्राविधि विषयमा सहज र सरल तरिकाले सेवा प्राप्त गर्न डकनक–डाक्टरहरू तपाईंको साथमा रहेको मोबाइलसँग जोडिनुभएको छ। केबल केही क्लिक टाढा हुनुहुन्छ डकनक निओलोकेसनमा आधारित एप हो। धेरै डक्टरहरू स्थानीय हुन्छन् सायद तपाईंकै छिमेकी पनि। यो एप डाउनलोड निःशुल्क हुन्छ, हामी डक्टरलाई जागिर वा तलब दिने होइनौं, उनीहरू तपाईंले जस्तै हाम्रो एपमा खाता खोल्नेछन्। हमी सम्पर्क माध्यम मात्रै हौ। काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा हामी तपाईंको घरदैलोमा ३० देखि ६० मिनेटभित्रै पुग्ने र सेवासँग जोड्ने जिम्मेवारी लिन्छौं।

प्रतिक्रिया दिनुहोस्