नेप्सेमा गिरावट कायमै



काठमाडौं, (नेस)
साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्सेमा कारोबार शुरु भएदेखि नै ओरालो लागेको नेप्से ८ दशमलव २२ अंकले घटेर ११८८ दशमलव शून्य ७ अंकको बिन्दूमा कारोबार बन्द भएको छ ।

सोमबार परिसूचकस“गै कारोबार रकममा पनि उल्लेख्य रुपले गिरावट आएको छ । यस दिन २२ करोड ६१ लाख ७२ हजार रुपिया“मा ६ लाख ३ हजार १ सय कित्ता शेयर कारोबार भएको छ ।

सोमबार उत्पादनमुलक समूहबाहेक कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा गिरावट आएको छ। त्यस्तै सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक र साधारण शेयरको कारोबार भएको छ । संस्थापकतर्फ १ करोड ८९ लाख ६६ हजार रुपिया“ र साधारणतर्फ ९१ लाख १० हजार रुपिया“बराबरको कारोबार भएको छ ।

यस दिन वल्र्ड मर्चेन्ड बैंकिङ एन्ड फाइनान्सका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्