पोेखरामा १८ तल्ले अपार्टमेन्ट बन्ने



नेपाल समाचारपत्र, पोखरा
व्यवसायी बिमल बसेलको अगुवाईमा पोखरामा अपार्टमेन्ट बन्ने भएको छ । पोखरा महानगरपालिका १८ सेदीमा ‘बी एन्ड बी लेक भ्यु रिसोर्ट अपाटमेन्ट’ निर्माण शुरू भएको छन् ।

टाइम शेयरिङ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुनेछ, बसेलले भन्नुभयो–‘मेरोे २५ वर्ष पहिलेको सोच हो, जसले संसारभरका मानिस लाई दोस्रो घरको याद दिलाउनेछ ।’

अपार्टमेन्ट फेवाताल, पोखराकाले लेकसाइड, शान्तिस्तुपा केबुलकारको दृश्य देखिने गरी ३६ रोपनी जग्गामा बनाउन लागेको बसेलले जानकारी दिनुभयो । १८ तलाको अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रुपिया“ लाग्ने अन्मान गरिएको छ । ‘३ तलाको पार्किङसहित १८ तलाको अपार्टमेन्ट निमाण गर्ने छौं, उहा“ले भन्नुभयो–‘दुईवटा भवनमा गरी ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गर्ने छांै ।’

अपार्टमेन्ट भित्र २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल सुपरमार्केट, एटीएम, ट्राभल सुविधा, मनि चेन्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर, फिल्म हललगायतका आवश्यक सुविधा रहने बसेलले बताउनुभयो ।

तीन वर्षमा निर्माण सम्पन गर्ने लक्ष्य परियोजनाको छ । परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको अपार्टमेन्टका निर्देशक राम बसेलले जानकारी दिनुभयो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा हामी पनि सेवाका लागि तयार हुन्छौ,’ बसेलले भन्नुभयो अपार्टमेन्टको बुकिङसमेत शुरु भएको छ ।

१ करोड ३३ लाख रुपिया“देखि २ करोड ८९ लाख रुपिया“सम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरेको बसेलले जानकारी दिनुभयोे । केबुलकार भ्यु भएको भवनका अपार्टमेन्टको १ करोड ३३ लाख र फेवा भ्यु भएको अपाटमेन्टको २ करोड ८९ लाख रुपिया“सम्म पर्ने उहा“ले जानकारी दिनु्भयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रिलन्च गर्नुभएको थियो । प्रि लन्चिङ कार्यक्रममा ५० वटा अपाटमेन्ट बुकिङ भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्