धुमपान गर्ने अभिभावकसंग हुर्कने बालबालिकालाई खतरा



न्युयोर्क,(एजेन्सी)
धुमपान गर्ने अभिभावकसंग हुर्केका तर धुमपानै नगर्ने वयस्कहरुमा गम्भीर रोगको कारण मृत्यु हुने संभावना धेरै रहेको एउटा अमेरिकी अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताहरुले वार्षिक रुपमा मर्ने एक लाख गैर धुमपानकर्ता मध्ये बाल्यकाल धुमपानको प्रभावमा परेका यस्ता सात जना वयस्क पर्ने गरेको जनाएको छ ।

अमेरिकन क्यान्सर सोसाइटिले ७० हजार ९ सय धुमपान नगर्ने महिला तथा पुक्ष माथि यो अध्ययन गरेको हो । विशेषज्ञहरुले आफ्ना बालबालिकबालाई अकाल मृतयुबाट जोगाउने हो भने मातापिताले धुमपान त्याग्नु पर्ने सल्लाह दिएका छन् ।

सोही अध्ययनले यदि बाल्यकालमा अभिभावकको कारण धुमपानको शिकार भएक व्यक्तिहरुले वयस्क भएपछि आफैले पनि धुमपान गर्न थाल्ने हो भने परिणाम अझ ैभयानक हुनसक्ने चेतावनी दएिको छ ।

धुमपान नगर्ने अभिभावकसंग हुर्केकाहरुका ेतुलनामा हरेक साता १० वा त्यो भन्दा बढि घन्टा धुमपानको संसर्गमा रहनेलाई मुटुको रोग लाग्ने २७ प्रतिशत , मस्तिष्कघात हुने २३ प्रतिशत र फोक्सो सम्बन्धी गम्भीर रोग लाग्ने संभावना ४२ प्रतिशतले बढि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्