प्रहरी चौकीमा आक्रमणकारी मारिए



म्याड्रिड,(एजेन्सी)
स्पेनको वार्सिलोना देखि दक्षिणमा पर्ने एउटा प्रहरी चौकीमा अरवी भाषामा चिच्याउँदै लामो छुरा बोकेर एकजना पुरुषले सोमवार अधिकारीहरु माथि लक्षित आक्रमण गरेका छन् ।

प्रहरीले यस घटनालाई आतंककारी आक्रमणको संज्ञा दिएके छ । २९ वर्षिय अल्जेरियन मुलका ति आक्रमणकारीलाई अधिकारीहरु माथि अघि बढ्द ैगर्दा गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

स्पेनको उत्तर पुर्वी क्याटलाना क्षेत्रमा सन् २०१७ मा वार्सिलोनामा भएको डरलाग्दो आतंककारी आक्रमणको वार्षिकी मनाउँदै छ । तर प्रहरीले यस आक्रमणको आतंकवादसंग कुनै सम्बन्ध रहेको प्रमाण भेटाउन सकेको छैन ।
स्थानिय स्तरमा अब्देलओउहाव ताइव नामक ति व्यक्ति स्थानिय समय अनुसार बिहान ५ बजेर ५२ मिनेट जाँदा कोर्नेल्ला डि लोव्रेगाट शहरको प्रहरी चौकीमा प्रवेश गरेका थिए ।

प्रहरी आयुत्तः राफेल कोमेसले रिसेप्सन पछमडि बसेकी एक महिला प्रहरीलाई ‘ अल्लाहु अकवर ’ भनी चिच्याउादै मार्ने प्रयास गरेको पत्रकारहरुलाई बताएक छन् । गत वर्षको १७ अगष्टमा वार्सिलोनाको लास राम्वलास भेन्यु र क्याम्व्रिल्समा भएक आतंककारी आक्रमणमा १६ जना व्यत्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्