उत्तर कोरियामा युद्धमा बिछोडिएकाहरुको भेटघाट



सोल ।
दक्षिण कोरियाका एक वृद्ध समुह सन् १९५० – १९५३ को कोरियाली युद्ध यता नदेखेका आफ्ना आफन्तहरुलाई भेट्न अहिले उत्तर कोरियामा रहेको छ । युद्धको कारण कोरिया विभाजित हुनासाथ उत्तर कोरियामा रहेका मानिसहरु त्यहिँ बस्न बाध्य भएका थिए ।

सो युद्ध कुनै पनि शान्त समझौतामा हस्ताक्षर नभई युद्ध विराममा मात्र टुँगिएकाले यो अझै प्राविधिक रुपमा जारी रहेको मानिन्छ । यस अघि पनि युद्धको दौरान बिछोडिएका परिवारहरुबिचको पुनर्मिलनका लागि पटक पटक कार्यक्रमहरुके आयोजना भइसकेको छ ।

तर तीन वर्ष लामो समय पछि आयोजना भएको यो भने पहिलो कायक्रम हो । गोलाप्रथाबाट उत्तर कोरिया जाने टोलिका लागि छानिएका दक्षिण कोरियाली मध्ये सबैभन्दा वृद्ध व्यक्तिको उमेर एक सय एक रहेको बताइएको छ । तिनीहरुलाई निक ैछोटो समयका लागि मात्र आफनतहरुसंग भेटघाट गराइने कार्यक्रम रहेको छ ।

यस ऐतिहासिक एवं महत्वुपुर्ण कार्यक्रममा ८३ जना उत्तर कोरियाली र ८९ जना दक्षिण कोरियाली सहभागि रहेका छन् । उत्तर र दक्षिण दुवैबाट यस पुनर्मिलनका लागि एक एक सय व्यक्ति छानिएकोमा आफुहरुले भेट्न चाहेका आफन्त जिवित नरहेको थाहा पाएपछि केहिले कार्यक्रम त्यागेको दक्षिण कोरियाली संचार माध्यमले जनाएको छ ।

९२ वर्षिया एक वृद्धाले कोरियाली युद्ध समाप्तिपछि पहिलो पटक आफुले छोरा भेट्न जान लागेको पत्रकारहरुलाई जानकारी गराएकीछिन् । लि केयुम सियोम नामक ति महिलाले दक्षिण तर्फ हतार हतारमा भाग्ने क्रममा आफु त्यतिवेला चार वर्षिय छोरा र पतिसंग छुटेको स्मरण गरेकीछिन् ।

उनले खुशी र दुख मिश्रित भावमा भनिन् , ‘ यो दिन पनि आउँछ भन्ने मैले सोचेकै थिइन्् । तर मलाई मेरो छोरा जिवित छन् कि छैनन् भन्ने पनि थाहा छैन । ’ त्यसैगरी नब्बे वर्ष नाघि सकेकी अर्की महिला मून ह्युन सुकले आफ्ना बहिनीहरु भेट्न जान लागेको बताएकीछिन् ।

 

प्रतिक्रिया दिनुहोस्