भारत: पिडितको उद्धार



नयाँदिल्ली,(एजेन्सी)
बाढिग्रस्त भारतिय राज्य केरलाबाट आइतवार करिव २२ हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अन्तत मनसुन वर्षा अलि थामिएपछि यो उद्धार कार्य भएको हो । केहि सबैभन्दा नराम्ररी बाढी ग्रस्त क्षेत्रमा दैवी प्रकोप उद्धार फौज सहितको सेनाको टोलि स्थानिय माझीहरु परिचालित गरिएको छन् ।

दुई साता लामो लगातार भिषण वर्षाको कारण बाह्य सम्पर्क बिच्छेद भएका समुदायहरुका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउन हेलिकोप्टरहरु प्रयोग गरिएका छन् । यस बाढी पहिरोमा ३ सय ५० जना भन्दा बढिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्