फिजी: शक्तिशाली भुकम्प



सुभा (एजेन्सी)
फिजी र टोंगा नजिककै प्रशान्त महासागरमा आइतबार विहान ८ दशमलव २ म्याग्निच्युड भुकम्प आएको अमेरिकी भुगर्भ सर्वेक्षणले जनाएको छ । उक्त शक्तिशाली भुकम्पको धक्काले फिजीको एनदोइ टापुलाई हल्लाएको थियो ।

यद्यपी भुकम्पको केन्द्रबिन्दु अत्यन्त गहिराइमा भएकोले सुनामीको खतरा नभएको बताइएको छ । प्यासिफिक सुनामी वार्निङ सेन्टरले खतरा नदेखिएका केही साना सुनामी छालहरु अवलोन गरिएको जानकारी दिए ।

भुकम्पको केन्द्रबिन्दु करिब ५ सय ६० किलोमिटर गहिराइमा भएको युएसजीएसले जनाएको छ । सुरुमा भुकम्प ७ दशमलव ९ म्याग्निच्युडको भएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्