भारत: ‘वार्ताको प्रस्ताव छैन‘



नयाँदिल्ली÷इस्लामाबाद (एजेन्सी)
पाकिस्तानमा पुर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बनेपछि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र पठाई बधाइ दिएको र वार्ताको प्रस्ताव राखेको पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसीको दावीलाई भारतले अस्विकार गरेको छ ।

नयाँदिल्लीको सरकारी सुत्रले पत्रमार्फत बधाइ दिएको स्विकार गरेको छ तर त्यसमा वार्ताको कुनै प्रस्ताव नभएको प्रष्ट पारेका छन् । भारत र पाकिस्तानबीच विगत दुई बर्षदेखि वार्ता बन्द रहेको छ । यसअघि पाक विदेशमन्त्रीले भारतसँग विना अवरोध लगातार वार्ताको आवश्यक रहेको बताए । दुई छिमेकी देशबीच रहेका समस्या समाधानमा वार्ताको विकल्प नरहेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्