बच्चाहरुमाथि प्रहार भएको बम अमेरिकी



वासिङटन (एजेन्सी)
विद्रोही नियन्त्रित उत्तरी यमनमा एक बसमाथि साउदी अरेबियाको नेतृत्वमा रहेका गठबन्धनले गरेको हवाइ हमलामा प्रयोग भएको बम अमेरिकाले आपुर्ति गरेको बताइएको छ । गत अगस्ट ९ मा भएको उक्त हमलामा ४० बच्चा र अन्य ११ जना मारिएका थिए ।

अमेरिकी विदेश मन्त्रालयत र साउदी अरेबियबीच भएको एक सम्झोता अनुरुप उक्त बम आपुर्ति गरिएको सीएनएनको एक समाचारमा उल्लेख गरिएको छ । युद्ध विशेषज्ञहरुलाई उदृत गर्दै सीएनएनले यसै महिना भएको उक्त आक्रमण लगत्तै बमको टुक्राहरुको खिचिएका तस्वीरबाट यो निर्देशित एमके ८२ बम भएको संकेत मिलेको उल्लेख गरेको छ । यो बमको निर्माण अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले गरेको थियो ।

पुर्व अमेरिकी राष्टपति बाराक ओबामाले साउदी अरेबियालाई उक्त बम बेच्न रोक लगाएको थियो । किनभने त्यसतै खालको एक बम सन् २०१६ मा विद्रोहीको कब्जामा रहेको क्षेत्र सानामा प्रयोग गरेका थिए । उक्त आक्रमणमा १ सय ४० जनाको मृत्यु भएको थियो ।

तर बर्तमान राष्टपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा कार्यभार सम्हालेपछि उक्त फैसलालाई उल्टाउँदै प्रतिबन्ध हटाइएको थियो । रेडक्रसको अन्तराष्ट्रिय समितिका अनुसार सादा प्रान्तमा अगस्ट ९ मा भएको हमलामा घाइते ७९ जनामा ५६ जना बालबालिका छन् ।

प्रतिक्रिया दिनुहोस्