कीर्तिमान तोडेमा थप १ लाख पाउने



काठमाडौं, (नेस)
काठमाडौं म्याराथनको १२औं संस्करणमा म्याराथनतर्फ कीर्तिमान तोड्ने खेलाडीको लागि थप १ लाख दिइने सोमबार पत्रकार सम्मेलनमा आयोजकका निलेन्द्रराज श्रेष्ठले जानकारी गराएका छन् ।

१०औं म्याराथनमा नेपाल प्रहरी क्लबका भुमिराज राईले २ घण्टा २१ मिनेट २४ सेकेण्डको कीर्तिमान रचेका थिए । यो कीर्तिमान तोड्ने खेलाडीलाई आयोजक प्रो स्पोर्टस् प्रालि र इभेन्ट सोलुसनले थप १ लाख दिइने श्रेष्ठले बताएका हुन् । काठमाडौं म्याराथन आगामी असोज २० गते हुँदैछ । पहिलो पटक स्पोर्टस् एक्स्पो आयोजना गर्न लागिएको पनि श्रेष्ठले बताए । स्पोर्टस् एक्सपो असोज १८ गतेदखि २० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

म्याराथनमा यसपटक फुल म्याराथन, हाफ म्याराथन, को–अपरेट म्याराथन (रिले), ५ किलोमिटर, भेट्रान ५ किलोमिटर, विद्यालय ५ किलोमिटर र ३ किलोमिटरको ह्वीलचेयर गरी सात स्पर्धामा प्रतिस्पर्धा हुनेछ । फुल म्याराथनको महिला र पुरुष दुवैतर्फको विजेताले समान १ लाख प्राप्त गर्नेछन् भने दुवै विधाको दोस्रो र तेस्रो हुने टिमले क्रमशः समान ५० हजार र २५ हजार प्राप्त गर्नेछ ।

हाफ म्याराथनको महिला र पुरुष दुवैका शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १०, को–अपरेट म्याराथनका शीर्ष तीनले क्रमशः २५, १० र ५ हजार, ५ किलोमिटर खुल्ला, भेट्रान ५ किलोमिटर र विद्यालय ५ किलोमिटर दौडको दुवै विजेताले क्रमशः १५, १० र ५ तथा ३ किलोमिटरको ह्वीलचेयरको शीर्ष तीनले क्रमशः १०, ५ र ३ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्