जोकोभिचले इतिहास रचे



लन्डन, (एजेन्सी)
पूर्व विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले एटीपी मास्टर्स १००० टेनिस प्रतियोगिताका सबै ९ उपाधि जितेर इतिहास रचेका छन् ।

आईतबार राति सिनसीनाटी टेनिस प्रतियोगिताको फाइनलमा जोकोभिचले रोजर फेडेररलाई हराएर इतिहास रचेका हुन् । सर्बियाली खेलाडी मास्टर्सका सबै ९ उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

३१ वर्षीय जोकोभिचले यसअघि सिनसिनाटीमा पाँच पटक उपविजेतामै चित्त बुझाउँदा तीन पटक स्विस खेलाडीसँगै पराजय बेहोरेका थिए । उनले यसपटक भने छैठो फाइनलमा सात पटकका विजेता फेडेररलाई ६–४, ६–४ को सोझो सेटमा पाखा लगाएका थिए । जोकोभिचको यो करियरको ९९औं उपाधि समेत हो । साथै उनले फेडेररसँग जित–हारको हेड टू हेडमा २३–२३ बराबरी गरेका छन् ।

विम्बल्डन विजेता जोकोभिचले जितपछि बताए—यो ज्यादै विशेष क्षण हो । पहिलो पटक मैले सिनसिनाटीमा ट्रफी जितिरहेको छु ।

मलेसियामा हुने एसिया कप छनोटका लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकामा सोमबार प्रस्थान गरेको छ । नेपालले त्यहाँ यसै साता तीन अभ्यास खेल खेल्नेछ । त्यहाँबाट नेपाली टोली मलेसियामा एसिया कप छनोटमा खेल्ने त्यसतर्फ जानेछ । सन्दीप लामिछाने वेस्ट इन्डिजबाट सीधै मलेसिया जानेछन् ।

प्रतिक्रिया दिनुहोस्