अटोमोबाइल्समै भविष्य कोर्दै युवा



सीताराम चौधरी, कपिलवस्तु ।
गुल्मी जिल्लाको बलेटक्सार गाविस–२ रानीबासमा जन्मनुभएका ३७ वर्षीय युवा निराजन खड्का यतिबेला अटोमोबाइल्स क्षेत्रमा परिचय बनाउनुभएको छ । जीवनमा अनेक चुनौतीको सामनापछि यतिबेला उहाँ बजाज शोरुममै आफ्नो भविष्य कोर्दै अगाडि बढ्नु भएको छ ।
गुल्मीको तम्घासमा ६ वर्षअघि उहाँले सगरमाथा अटोमोबाइल्सको ब्रान्चको रुपमा बजाज शोरुम संचालन गर्नुभयो । गुल्मीको घर घरमा बजाज कम्पनीको मोटरसाइकल पु¥याउने लक्ष्यका साथ शोरुम संचालन गरेको उहाँ बताउनुहुन्छ । कम्पनीले दिएको लक्ष्य अनुसार उहाँले पहिलो वर्षमै सफलता हासिल गरेपछि भारतको विभिन्न शहर घुम्ने अवसर समेत पाएको बताउनुहुन्छ ।
बजाज कम्पनीको क्षेत्रीय अवार्डबाट सम्मानित भएसँगै उहाँमा थप उत्साह जागेको अनुभव सुनाउनुभयो । गत आर्थिक वर्ष २०७४÷२०७५ बजाज कम्पनीको ७५० वटा मोटरसाइकल विक्री गरेबापत उहाँले संचालन गरेको सगरमाथा अटोमोबाइल्स नै नेशनल अवार्डबाट सम्मानित हुनु पुग्यो । उहाँमा अझ हौसला बढेपछि अहिले गुल्मी जिल्लामा बजाज गाडी चढ्ने ग्राहकको सुविधालाई ध्यानमा राखी ४ ठाउँमा ए.एस.पी. राखी सेवा दिएको बताउनुहुन्छ । बजाज गाडी चढ्ने ग्राहकलाई फाइनन्सको सुविधा समेत उपलब्ध गराउँदै आएको खड्का बताउनुहुन्छ । अब अटोमोबाइल्समै आफ्नो भविष्य कोर्दै अगाडि बढ्ने उहाँ बताउनुहुन्छ ।
सानैदेखि नै मिलनसार, चञ्चल स्वभावका खड्का साथीभाइमाझ निकै लोकप्रिय हुनुहुन्छ । सानो उमेरदेखि सहयोगी भावना भएका उहाँ गाउँघरमा हुने कुनै पनि काम वा व्रिmयाकलापमा नेतृत्व लिई काम गर्नुहुन्छ । जसले गर्दा गाउँमा हुने कार्यक्रममा उहाँको खोजी हुने गरेको ठुलदाइ माधव खड्का बताउनुहुन्छ ।
गाउँमा रहेको प्राथमिक विद्यालय बम्गाह चौतारामा ज्ञानको पहिलो पाठशाला शुरु गरी कक्षा ५ अध्ययन गर्नुभई खडकाले जनबोद्घ उच्च मा.वि रानीबासबाट एस.एल.सी.सम्मको अध्ययन पूरा गर्नुभयो । उच्च शिक्षाका लागि उहाँ लुम्बिनी वाणिज्य क्याम्पसमा बी.बी.एस. भर्ना हुनुभयो र अध्ययन पूरा गर्नुभयो ।
अध्ययनपछि उहाँ जागिरको शिलशिलामा भारत छिरेको बताउनुहुन्छ । बुवा भारतीय आर्मीको जागिरे भएकोले उहाँलाई पनि बन्दुक बोक्ने रहर र आर्मीमा जागिर खाने पारीवारिक दबाब थियो । उहाँ पनि दुई पटक ब्रिटिस आर्मीमा आफूलाई साबित गर्न देखिन जानुभयो तर दुवै पटक नै असफल भएपछि आर्मीमा जागिर नखाने सोँच बनाई पुनः जन्मथलो गुल्मी फर्कनुभयो ।
त्यतिबेला उहाँका ठुलदाइ गाउँमै पसल संचालन गर्नुहुन्थ्यो । उहाँले आफ्नो अनुभवलाई सफलतामा बदल्ने अठोटका साथ आफ्नै गाउँठाउँमै केही गरु भनी अटोमोबाइलको क्षेत्रमा प्रवेश गर्नुभयो । ९ वर्षसम्म उहाँले विभिन्न कम्पनीमा सेल्समेनको जागिर गरेको अनुभव सुनाउनुहुन्छ । पछि अटोमोबाइल्सको संसारमा प्रवेश गरी म्यानेजरसम्मको यात्रा तय गरेको उहाँले आफ्नो जीवन संघर्षको बारेमा बताउनुभयो । वि.सं. २०६८ सालमा सगरमाथा रि–कन्डिसन वर्कसप संचालन गरी उहाँले आफ्नो क्यारिएरको शुरुवात गरेको सुनाउनुहुन्छ ।
बुवा बलबहादुर खडका र आमा नानीमाया खडकाको कोखबाट माइला छोराको रुपमा जन्मनुभएका उहाँको बालापन गुल्मी जिल्लाको पहाड र खोलानालासँग लुकामारी खेल्दै बित्यो । उहाँको परिवारमा बुबा, आमा, एक दाजु, एक भाइ र एक दिदी रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्