हत्यारालाई कारबाहीको माग राख्दै विराटनगरमा शवसहित प्रर्दशन



सरोज यादव, विराटनगर ।
कार्यस्थलमै शनिबार राति विराटनगरमा हत्या गरिएका मृतक परिवारले शव सहित प्रर्दशन गरेका छन । हत्यारालाई कारवाही र पीडित पक्षलाई क्षतिपुर्तिको माग गर्दै उनिहरुले प्रदर्शन गरेका हुन । विराटनगर ३ स्थित न्यु विक्की हार्डवेयरमा शंकास्पद अवस्थामा मृत भेटिएका विराटनगर ४ का टंकप्रसाद भट्टराईका परिवार सहित वडा नम्बर ३ का वडाबासीले हत्यारालाई कारवाही र क्षतिपुर्तिको माग गर्दै प्रर्दशन गरेका हुन । घटनापछि धरानबाट पोस्टमार्टमगरि ल्याइएको भट्टराईको शवसहित उनिहरुले प्रदर्शन गरेका हुन । पीडितपक्षको प्रदर्शनमा अखिल नेपाल सेक्युरीटि मजदुर संगठन मोरङले समेत ऐक्यबद्धता जनाएको छ ।

सो क्रममा पीडित पक्षले सोमबार दिउसो शवसहित धरानरोडमा प्रदर्शनगर्दै विराटनगर ३ मा रहेको घटनास्थल विक्की हार्डवेयर पसल अगाडी शव राखेर केहिबेर प्रर्दशन गरेका थिए । मृतककी छोरी नविना भट्टराईले आफुहरुले न्याय नपाएसम्म शवको अन्त्येष्टि नगरी प्रदर्शन जारी राख्ने बताइन । पसल अगाडि शव राखेर केहिबेर प्रदर्शन गरेका पीडित पक्षले केहिबेरपछि धरानरोडको मुख्य राजमार्गमा शव राखेर धर्नामा बसेका थिए । सो क्रममा उनिहरुले सवारीसधान आवागमनमा समेत रोक लगाउदै पीडित पक्षलाई न्यायदिन माग गर्दै नाराबाजी समेत गरे । पीडित पक्षले न्याय नपाएसम्म प्रर्दशन जारी रहने उनिहरुले प्रतिक्रिया दिएका थिए ।

सवारीसधन अवरोध गरिएपछि उत्तरदक्षिण राजमार्गको निकै लामो दुरीसम्म सवारीसाधनको जाम लागेको थियो । प्रदर्शनका कारण तनाव उत्पन्न हुनसक्ने आशंकामा ब्यापक प्रहरी परिचालन गरिएको थियो । झण्डै एकघन्टा बढीको प्रयासपछि प्रहरीले प्रर्दशनकारीलाई छेकबार लगाउदै सडकमा राखिएको शव कब्जामा लिएको थियो । प्रहरीले सडकमा राखिएको शव सडक किनारमा पार्किंग गरिराखिएको शवबाहनमा राखेर पछि प्रदर्शनकारीलाई राजमार्गबाट छेउ लगाएर सवारीसधानको आवागमन सुचारु गरेको थियो । सडकबाट उठाएको शव पछि प्रहरीले मृतकका आफ्न्तलाई नै जिम्मा लगाएको थियो । मृतक भट्टराईका शव जिम्मा लिएका आफ्न्तले सोमबारै सांझ उनको अन्त्येष्टि गरिने जनाएका छन । उनिहरुले शवको अन्त्येष्टि गरिएपनि न्याय नपाएसम्म प्रर्दशन र पहल जारी रहने जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्