मृग सम्झी भाईले हाने आफ्नै दाजुलाई गोली



ईन्द्र गिरी, संखुवासभा ।
संखुवासभाको मादी नगरपालीकामा ८ का हस्तबहादुर तामाङको आफनै भाईले चलाएको गोली लागी मृत्यू भएको छ । मादी नगरपालिका ९ फाबिङको जंगलमा शिकार खेल्ने क्रममा भाई रत्नबहादुरले चलाएको गोली लागि २५ बर्षिय दाजु हस्तबहादुरको मृत्यू भएको हो ।
आईतवार दिउसो जिल्लाको मादी नगरपालीका ९ फाबिङको जंगलमा शिकार खेल्ने क्रममा मृग भनि भाईले हानेको गोली दाजुको निदारमा लागेको र उनको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । शिकार खेल्न आफनै दाजु हस्तबहादुर भाई रत्नबहादुर र छिमेकी कृष्णबहादुर तामाङ गएका थिए ।
घटना स्थलबाट संगै शिकार खेल्न गएका भाई र छिमेकीको साथबाट २ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने अन्दाजी ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने १० थान किटको टुक्रा, २ थान खुकुरी, र टर्चलाइट बरामद गरिएको प्रहरी नायव उपरिक्षक उपरिक्षक श्यामसारु मगरले बताउनु भयो । घटनाको प्रहरीद्धारा थप अनुसन्धान भै रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्