पुजाआजा गरी फर्किएका तीर्थयात्रीको बाटोमै मृत्यु



ईन्द्र गिरी, संखुवासभा ।
संखुवासभाको धार्मिक स्थल सभापोखरीबाट फर्किने क्रममा एक जना तीर्थयात्रीको बाटोमा मृत्यु भएको छ । तिर्थ स्थल सभापोखरीमा पुजा गरेर फर्किएका पाँचखपन नगरपालिका ८ चुङखुरुङ आहालेका हर्कबहादुर न्यौपानेको शनिबार बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नागपञ्चमीका दिन सभापोखरीमा पुगेर पुजाआजा गरी फर्किएका न्यौपाने चारराते भन्ने स्थानमा बिरामी परेका थिए । विरामी भएपछि तत्कालै आफन्तले बोकेर घर तर्फ ल्याउने क्रममा उनको तेर्से भन्ने स्थानमा मृत्यु भएको थियोे । तिर्थ स्थलमा न्यौपाने सहित ८ जना साउन २८ गते सभापोखरी तर्फ गएका थिए ।
जिल्लामा रहेका अन्य तीर्थस्थलमध्ये धार्मिक आस्थाका मुख्य केन्द्र मानिएको सभापोखरी जानेक्रममा अधिकांस तिर्थयात्री लेक लागेर मृत्यू र विरामी हुने गरेका छन । तिर्थ स्थल करिव ४२ सय मिटर उचाईमा रहेको छ ।
सभापोखरी तिर्थयात्रामा गएका ३ जना बिरामी परेपछी शुक्रवार हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । सभापोखरीमा नागपञ्चमीदेखि जनैपूर्णिमासम्म भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्