पदस्थापन कार्यक्रम सम्पन्न, पहिरो पिडितलाई राहत बितरण



टंकराज अधिकारी, म्याग्दी ।

लायन्स क्लब अफ म्याग्दी दरवाङकोे पदस्थापन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । पदस्थापन अधिकृत लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठले बर्ष १८÷१९ का अध्यक्ष शान्तराज सुवेदी, क्लब पदाधिकारी एवं सदस्य साथै लियो क्लब अफ म्याग्दी दरवाङका ओर्जिलन प्रेसिडेन्ट बिमल शर्मा, क्लब पदाधिकारीहरुलार्ई पद तथा गोपनियताको सपथ खुवाई सयुक्त पदस्थापन गराएका थिए । सो कार्यक्रममा डिष्ट्रिक गर्भनर श्रेष्ठले म्याग्दी दरवाङले स्पोन्सर गरेको लियो क्लब, लियो क्लब अफ म्याग्दी दरवाङकोे चार्टर हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ म्याग्दी दरवाङका बर्ष १७÷१८ का अध्यक्ष यमती रोकाले आफनो कार्यकालमा गरेका कार्यहरु प्रस्तुत सहित अग्रस्थानमा रहेर उत्कृष्ट कार्य गरेका क्लवका सदस्यहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेकी थिईन । त्यस्तै दरवाङका बर्ष २०१८÷१९ का अध्यक्ष शान्तनाथ सुवेदीले आफ्नो बार्षिक कार्यक्रम प्रस्तुत गर्दै क्लबले बिगतका बर्षमा गरेका कार्यलाई निरन्तरता दिदै डिष्ट्रिक गर्भनरले अघि सारेका कार्यक्रमलाई महत्वका साथ कार्यानवयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सो अवसरमा श्रावण २० गते मालिका गाँउपालिकाको वडा नं २ स्थित विलबाङमा गएको पहिरोबाट घरबार बिहिन भएका ५ घर परिवार र प्रभावित १५ घर परिवारलाई बिभिन्न संघ संस्थाको सहयोगमा संकलित रकम २९ हजार ८ सय १५ रुपैया नगद सहित ४० हजार रुपैया बराबरको खाद्यान्न राहत स्वरुप मालिका गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मालिका गाँउपालिकाका प्रमुख श्रीप्रसाद रोकाले लायन्सहरुले समाजका दिन दुखिलाई गरेका सेवाका कार्यको प्रशंसा गदै आफु पनि लायन्स क्लब अफ म्याग्दी दरवाङको सदस्य भएकोमा गर्व गरेका थिए । उनले समग्र मालिका गाँउपालिकाकोे बिकासका लागि लायन्स क्लबसँग सहकार्य गर्न आतुर रहेको बताए । लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै समाजमा शिक्षा स्वास्य, वातावरण, सामाजिक र मानविय सेवाका कार्य उष्कृष्ठ कार्य गरेर समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्टिक्ट गर्भनर अशोककुमार श्रेष्ठले दिएर बाँचौ भन्ने मुल मर्मका साथ बिशेष गरि अपाङताको क्षेत्रमा काम गर्नका लागि अपाङता हाम्रो आत्मियता नारालाई बर्ष भरि नै प्राथामिकतामा राखेर कार्य गर्ने नव निर्वाचित अध्यक्षलाई आग्रह गरेका थिए साथै यस बर्षको डिष्ट्रिक्टको नारा लिभिङ वाई गिभिङ ‘दिएर बाँचौ’ लाई ह्दयगम गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा उत्साह, हौसला साथ लाग्न समेत अनुरोध गरेका थिए ।

लायन्स क्लब अफ म्याग्दी दरवाङका बर्ष २०१८÷१९ का अध्यक्ष शान्तनाथ सुवेदी र बर्ष १७÷१८ का अध्यक्ष यमती रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, पूर्व डिष्टिक्ट गर्भनर युक्तप्रसाद श्रेष्ठ जोन चेयरपर्सन बिरबहादुर कार्की, क्लबका द्धित्तिय उपाध्यक्ष गोपाल रेग्मी, सचिव दिवाकर सुवेदी, शिक्षा निर्देशक रविन्द्र क्षेत्री.लगाएतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्