गत असारदेखि बन्द सियाढुंगा लघुजलविद्युत पुनः सञ्चालनमा



दयाराम पण्डित, बाजुरा ।
गौमुल गाउँपालिका वडाडानं २ स्थित सियाढुंगा लघुजलविद्यूत सनिवार देखि पुनः सञ्चालनमा आएको छ । स्टेप टरान्सफरमर र प्यानलवोर्ड लगयातका उपरकण त्रिबेणी सानाजल विद्युत केन्द्रका पावरहाउस ईन्चार्ज हरिचन्द्र विष्टले मर्मत पछि विद्युत सेवा सुुचारु भएको हो ।

३२ किलोवटा क्षेमता भएको उक्त लघुजलविद्युत केन्द्रका स्टेप टरान्सफरमर प्यानलवोर्डमा खरावी देखिदा गत अषाढ महिना देखि विद्युत सेवा अवरुद्ध थियो । २०० घरपरिवारका लागि विद्युत सेवा प्रबाह गर्ने उक्त विद्युत गृहको विद्युत सेवा पुनः सञ्चालनमा ल्याउदा घरयासी उज्यालो का साथै मोवायल चार्ज लगायत स–साना घरलुउद्योग पनि सञ्चालनमा आएको जिल्ला समन्वय समिती सदस्य एबं विद्युत गृह संचालक धनवाहदुर सार्कीले वताउनुभयो ।

दक्ष मिस्तरीको खेजीमा जिल्लावाहिर धरै ठाउमा खोजेको तर आउन मान्दनै थिए , आएपनि चर्कौ भाडा असुल गर्थै । अव जिल्लामै दक्ष मिस्तुरी पाएकोले मेसिन पुर्नमर्मत गर्न सकिनेमा खुशि ब्यक्त गरर्नु भएको छ । साथै विष्टमा भएको सिपको उच्च मुल्यांकनगर्दै विष्टजस्ता कालिगड जिल्लाले संरक्षण गर्नुपर्ने उहांको भनाई रहेकोछ ।

स्थानीय स्तरमा विद्युत सगृह संञ्चालन गर्दा प्राविधिक लागत इस्टीमेट अनुसारको काम नहुंनु । आर्थिक लगानीको समस्या हुनु , उपभोक्तामा विकासमा अपनत्वको कमी हुनु र स्थानीय स्तरमा दक्ष मिस्तरी नहुंदा जिल्लाका लघुजलविद्युत गृह समस्यामा परेको प्राविधक हरिचन्द्र विष्टले वताउनुुभएको छ ।

बाजुराका ग्रामिणभेगमा सञ्चालित विद्युतगृहका टर्वायन ,प्यानलवोर्ड , टरान्सफरमर मर्मतगरी आवस्यक सहयोग गर्दै आएको त्रिबेणी पावरहाउस ईन्चार्ज विष्टले बताउनुयो । जिल्लाबासीमा आफनो सिप देखाउन पाएकोमा खुसी पनि ब्यक्त गर्नू भएको छ ।

प्रतिक्रिया दिनुहोस्