दुर्गमको विद्यालय पहिरोको जाखिममा



विनोद सिंह विष्ट, बैतडी ।
केही दिनदेखिको लगातारको बर्षाले बैतडीको दुर्गम सिगास गाउँपालिकामा रहेको एक विद्यालय पहिरोको जोखिममा रहेको छ । सिगास गाउँपालिका ४ गढतोलास्थित शिव आधारभूत विधालय पहिरोको जोखिममा परेको स्थानिय राजेन्द्र साँउदले जानकारी दिए ।

विद्यालयको पछाडीपट्टी निर्माण गरिएको पर्खाल बर्षाले भत्काएपछी विद्यालय नै जोखिममा रहेको विद्यालयका शिक्षक विर सिंह धामीले बताए । विद्यालय भवन नजिकै पछाडीवाट पुरै पर्खाल भत्किएको उनले बताए । लगातार बर्षा भईरहेकोले विद्यालय समेत पहिरोको जोखिममा रहेको छ ।

यसका साथै सिगास गाउँपालिकाको ५ लाख अनुदान सहयोगमा निर्माण गरिएको विद्यालयको खेलमैदान पनि भाँसिएको बताईएको छ । विद्यालय पहिरोको जोखिममा रहेकोले पठनपाठन कार्य समेत प्रभावित हुने सम्भावना बढेको छ । विद्यालय पहिरोको जोखिममा रहेकोबारे गाउँपालिकालाई जानकारी भईसकेको छ ।

वि स २०४० सालमा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्मको पढाई हुने गरेको छ । उक्त विद्यालयमा २५० बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्