पोखरामा एसियाकै उत्कृष्ट अपार्टमेन्ट निर्माण हुँदै !



१८ तलाको अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रुपैयाँ लाग्ने

टंक अधिकारी, पोखरा ।
युवा व्यवसायी बिमल बसेलको अगुवाईमा पोखरामा दक्षिण एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्ने भएको छ । बसेलले पोखरा महानगरपालिका १८ सेदीमा ‘बि एण्ड बि लेक भ्यु रिसोर्ट अपाटमेन्ट’ निर्माण शुरु गरेका छन् ।

टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुनेछ, टाइम सेयरिङ अपार्टमेन्टका आफ्नैका विशेषता छन् । बसेलले भने, मेरोे २५ वर्ष पहिलेको सोच हो, जसले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।

अपार्टमेन्ट फेवाताल, पोखराकाले लेकसाइड, शान्तिस्तुपा केबुलकारको दृश्य देखी गरेर ३६ रोपनी जग्गामा अपार्टमेन्ट बनाउन लागेको बसेलले जानकारी दिए । १८ तलाको अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रुपैयाँ लाग्ने उनले बताए । ‘३ तलाको पार्किङ सहित १८ तलाको अपार्टमेन्ट निमाण गर्ने छौ, उनले भने, ‘दुईवटा भवनमा गरि ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गर्ने छौ ।’

अपार्टमेन्ट भित्र २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल सुपरमार्केट, एटिएम, ट्राभल सुविधा, मनि चेञ्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर, फिल्म हल लगायतका आवश्यक सुविधा रहने बसेलले बताए ।

तीन वर्षमा निर्माण सम्पन गर्ने लक्षय परियोजनाको छ । परियोजना निमाण हुने स्थान सम्याउने काम सकिएको अपार्टमेन्टका निर्देशक राम बसेलले जानकारी दिए ।

‘पोखरा अन्तराष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार गरिसक्ने छौ,’ बसेलले भने ‘सरकारले २० लाख पर्यटक ल्याउदा राख्नका लागि उपयुक्त स्थान समेत हुनेछ । अपार्टमेन्टका विशेषताहरु सेभेन स्टार स्तरको हुने उनले बताए ।

परियोजनाका आर्टमेन्टको बुकिङसमेत सुरु भएको छ । एक करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरेको बसेलले जानकारी दिए । केबुलकार भ्यु भएको भवनका अपाटमेन्टको १ करोड ३३ लाख र फेवा भ्यु भएको अपाटमेन्टको २ करोड ८९ लाख रुपैयाँ सम्म पर्ने उनले बताए ।

परियोजनाको शनिबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रि लन्च गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले आज गर्छु भनेका काम आजै गर्नु पर्ने बताए । उनले यस्ता परियोजनाले प्रदेशको विकासलाई टेवापुग्ने बताए । बसेलको अगुवाईमा निर्माण हुन लागेको अपार्टमेन्टले प्रदेशमा अन्य लगानी भित्र्याउन सहयोगी हुने बताए । प्रि लन्चिङ कार्यक्रममा ५० वटा अपाटमेन्ट बुकिङ भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्