लोकगायक खत्री सम्मानित



बागलुङ, (नेस)। लोक दोहोरी गायक विष्णु खत्रीलाई बागलुङमा सम्मान गरिएको छ। बागलुङको स्थानिय पत्रिका ढोरपाटन दैनिकको पन्ध्रौं वार्षिकोत्सवको अवसरम गित संगितको माध्यमबाट बागलुङ जिल्लाको विकासमा महत्वप”र्ण भुमिका निर्वाह गरेको भन्दै खत्रीलाई शुक्रबार सम्मान गरिएको हो।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालबाट सम्मान ग्रहण गर्दै खत्रीले समाजको विसंगती, विकृतिविरुद्धमा सधैं सांगितीक क्षेत्रमा लागि रहने बताए। बागलुङको गल्कोटमा जन्मिएका खत्रीले गरिवी, बेरोजगारी, उत्पीडन, अभाव र छुवाछुतजस्ता विषयमा गित संगितको माध्यमबाट शसत्त भुमिका निर्वाह गर्दै आएका छन्। कार्यक्रममा खत्रीले भरिया भारी बोक्दै, भरिया दाईले विसाउने भारीलगायतका गित गाएका थिए।

प्रतिक्रिया दिनुहोस्