मेलिना पहिलो मिसेस मकवानपुर



हेटौंडा, (नेस)। हेटौंडामा भएको मिसेस मकवानपुर २०१८ को उपाधि मेलिना रानामगरले जितेकी छन्। उपाधिसँगै मेलिनाले २५ हजार रुपियाँसहित विभिन्न पुरस्कार प्राप्त गरेकी छन्।

हेटौंडा लेडी जेसिजको आयोजनामा भएको प्रतियोगिता रमिला श्रेष्ठ फस्ट रनर्सअप र मनसा घिमिरे सेकेण्ड रनर्सअप भइन्। प्रमुख निर्णायक दीपकराज मिश्रले ‘तपार्इंको विचारमा असल महिला हुनु भनेको कसरी असल अभिभावक हुनु हो?ु भन्ने प्रश्नको जवाफमा अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै मेलिनाले उपाधि हात पारेकी हुन्। उनले भ्युवर्स च्वाईसको उपाधि पनि जितेकी छन्। फष्ट रनर्सअप श्रेष्ठले हेल्दी हेयर र घिमिरेले मिसेस पर्फमेन्स उपउपाधि पनि हात परेका छन्। फस्ट रनर्सअप श्रेष्ठले १५ हजार र सेकेण्ड रनर्सअप घिमिरेले १० हजार रुपियाँसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा निता श्रेष्ठ मिसेस फ्रेन्ड्ली, सपना मगर मिसेस पञ्चुआलिटी, दुर्गा ठकुरी मिसेस क्याटवक, लक्ष्मी नेपाल मिसेस फोटोजेनिक, संगीता परियार मिसेस स्क्रिन, चन्द्रकला बाँस्कोटा मिसेस ट्यालेन्ट, मञ्जु लामा बिष्ट मिसेस डिसिप्लिन, उर्मिला घिमिरे महत वेस्ट स्माइल, सबिता थापामगर वेस्ट डान्सर र कविता आचार्य मिसेस पर्सनालिटी भए।

कार्यक्रममा दक्षिण एसियाकी पहिलो महिला फुटबल रेफ्री कल्पना शर्मालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्