युरोप मुल्य चुकाउन तयार देखिएनः इरान



तेहरान (एजेन्सी)
इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले आइतबार परमाणु सम्झौता बचाउनका लागि अमेरिकाको अपहेलना गरेर त्यसको मुल्य चुकाउनका युरोपले अहिले सम्म इच्छा नदेखाएको बताए ।

युरोपका सरकारले नोभेम्बरमा अमेरिकी प्रतिबन्धको दोस्रो चरणपछि इरानसँग तेल र बैंकिंग सम्बन्ध कायम गर्ने प्रस्ताव राखेका जरिफले बताए ।

 

इरानको ‘यंग जर्नालिस्ट क्लब‘ वेबसाइटलाई दिएको एक अन्तरवार्तामा यो पहल ब्यवहारिक उपायहरुको सट्टा उनीहरुको यो आसयको बयान धरै उपयुक्त रहेको उनले बताए । जरिफले भने– उनीहरु अगाडी बढिसकेका छन् तर युरो अहिलेसम्म मुल्य चुकाउनका लागि तयार छैन भन्ने हाम्रो मान्यता रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट मेमा हात झिकेको थियो । उनले यसै महिनाको सुरुवाटमा फेरी प्रतिबन्ध लगाउन सुरु गरे, जसले अन्यत देशलाई इरानसागको ब्यापार गर्न रोक्छ ।

प्रतिक्रिया दिनुहोस्